१४ कार्तिक २०७७, शुक्रबार

बझाङको केदारस्युँ गाउँपालिका पाँच दिनका लागि शिल

  प्रकाशित मिति
१ कार्तिक २०७७, शनिबार १४:५५



सुरेश धामी, बझाङ


बझाङको केदारस्युँ गाउँपालिका पाँच दिनको लागि शिल गरिएको छ । पछिल्लो समयमा कोरोना भाइरस समुदाय स्तरमा फैलिन थालेपछि कार्तिक २ गते देखि ७ गतेसम्मको लागि गाउँपालिकाले दिने सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर भण्डारीले बताए ।

शुक्रबार रायल प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत दुई जना सुरक्षाकर्मिमा कोरोना पुष्टि भएपछि पालिकाभित्रै एक वडाबाट अर्को वडामा समेत आवतजावत गर्न निषेध गरेको छ । दशैँमा मानिसहरु बढी आवतजावत गर्ने भएकोले समुदायमा कोरोना फैलिन उच्च सम्भावना रहेको भन्दै गाउँपालिकामा कडाइ गरिएको गरिएको हो। त्यस्तै गाउँपालिकाले दशै तिहारमा भिडभाड र आवतजावत गर्दा कोरोना फैलिन सक्नेभन्दै रहेको भिडभाड र आवतजावत नगर्न आग्रह गरेको छ ।

यसअघि असोज ३० गतेदेखि नै एक हप्ताको लागि केदारस्युँ गाउँपालिकाको रायल प्राथमिक स्वास्थ्य केन्द्र शिल गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

दक्षिण कोरियाली पूर्व राष्ट्रपति ली म्युङ-वाकलाई त्यहाँको सर्वोच्च अदालतले बिहीबार घुस तथा भ्रष्टाचार अभियोगमा १७ वर्ष जेल सजाय तोकेको छ

कालीगण्डकीको खोंचमा द क्लिफ प्रालिले कातिक १५ गतेदेखि बन्जीजम्प सञ्चालनमा ल्याउने भएको छ । पर्वत सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा

जिल्ला प्रहरी कार्यालय चितवनले दशैँको समयमा तास र कौडा खेलिरहेका २० जनालाई पक्राउ गरेको छ । चाडपर्वलक्षित विशेष सुरक्षा अभियानअन्तर्गत

लुम्बिनी प्रदेशको स्थायी राजधानीको केन्द्र तोकिएको दाङको राप्ती गाउँपालिका चार दिन सिल गरिएको छ। गाउँपालिकाअन्तर्गत रोजगार सेवा केन्द्रमा कार्यरत एकजना