कोरोना संक्रमणबाट धादिङमा थप एक जनाको मृत्यु

कोरोना संक्रमणबाट धादिङमा थप एक जनाको मृत्यु



विकास रौनियार, धादिङ

कोरोना संक्रमणबाट धादिङमा मृत्यु हुनेको संख्या ८ पुगेको छ । त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २ का ४५ वर्षीय पुरुषको शनिबार मृत्यु भएपछि मृतक संख्या आठ पुगेको हो ।

यस्तै, धादिङमा आज (१ कात्तिक) ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या ८३६ पुगेको जिल्ला स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

आज थपिएका संक्रमितमा संक्रमिहरु गल्छि गाउँपालिकाका १८ जना, त्रिपुरासुन्दरी गाउँपालिकाका ८ जना, नीलकण्ठ नगरपालिकाका ८ जना, ज्वालामुखी गाउँपालिकाका ४ जना, सिद्धलेक गाउँपालिकाका ३ जना, थाक्रे गाउँपालिकाका ३ जना, गजुरी गाउँपालिकाका एक जना र धुनिबेसी नगरपालिकाका एक जना गरी ४६ जना रहेका छन् ।

गल्छी गाउँपालिका बन्द

गल्छी गाउँपालिका कार्यालय ६ दिनसम्मका लागि बन्द गरिएको छ । गाउँपालिका अध्यक्ष कृष्णहरि श्रेष्ठसमेत तीन कर्मचारी र दुई स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि बन्द गरिएको हो ।

गाउँपालिकाले सबै काम बन्द गरे पनि स्वास्थ्य सेवा भने नियमित सञ्चालन हुने गाउँपालिका स्वास्थ्य सहसंयोजक शिव पौडेलले बताएका छन् । गाउँपालिकामा आज १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये तीन नेपाली सैनिक छन् ।