१४ कार्तिक २०७७, शुक्रबार

भारतमा कोभिड १९ सङ्क्रमितको संख्या ७४ लाख ३२ हजार नाघ्यो

  प्रकाशित मिति
१ कार्तिक २०७७, शनिबार ०८:०४



भारतमा शनिबार कोरोना भाइरस (कोभिड १९) सङ्क्रमितको संख्या ७४ लाख ३२ हजार नाघेको छ ।

शनिबार मध्याह्नसम्म प्राप्त समाचारअनुसार भारतमा कोरोना सङ्क्रमित संख्या ७४ लाख ३२ हजार ६८० भएको छ । यस सङ्क्रमणबाट ज्यान गुमाउने व्यक्तिको संख्या १ लाख १३ हजार ३२ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा गत २४ घण्टामा ६५ हजार १२६ जनामा थप सङ्क्रमण देखिएको र कोरोना सङ्क्रमणको कारण ८८२ जनाको मृत्यु भएको छ ।

अझै पनि भारतभरी ७ लाख ९५ हजार ५३ व्यक्ति संक्रिय सङ्क्रमित रहेका छन् । कोरोनाको सङ्क्रमण देखा परेयता हालसम्म ६५ लाख २४ हजार ५९५ जना सङ्क्रमित व्यक्तिहरु कोरोना भाइरस मुक्त भएका छन । सङ्क्रमणमुक्त भएकाहरुको संख्यामा भारत अग्रस्थानमा रहेको छ ।

कोरोनाको सङ्क्रमण देखा परेयता भारतमा ९ करोड ३२ लाख ५४ हजार १७ व्यक्तिलाई कोरोना भाइरस भएको या नभएको परिक्षण गरिएको भारतीय मेडिकल रिसर्च काउन्सिल (आइसीएमआर) ले जानकारी दिएको छ ।

जोन्स हकिन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरि हालसम्म ११ लाख भन्दा बढीको मृत्यु भएको छ , ।

विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वमा तीन करोड ९५ लाख ९६ हजार भन्दा बढी मानिस सङ्क्रमित भएका छन् । कूल सङ्क्रमितमध्ये दुई करोड ९६ लाख ६१ हजार ७६५ जना सङ्क्रणमुक्त भइसकेको विश्वविद्यालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४२ नेपाल सं. ११४० प्रमादी नामक सम्वत्सर शरद ऋतु वि.सं.२०७७

सरकारद्वारा पुनः पूर्ण रूपले लकडाउन गर्न सक्ने सम्भावना सनत आचार्य, बेल्जियम पछिल्लो दुई सातायता बेल्जियममा कोरोना संक्रमण दर ह्वात्तै बढेको

प्रतीक्षा सुवेदी (खड्गी), अष्ट्रिया कोरोना संक्रमणको दोश्रो लहरले युरोपलाई थिल्थिलो पारिरहेको अवस्थामा केही युरोपियन मुलुकले लकडाउन सुरु गरेसँगै अष्ट्रियाले पनि

दक्षिण कोरियाली पूर्व राष्ट्रपति ली म्युङ-वाकलाई त्यहाँको सर्वोच्च अदालतले बिहीबार घुस तथा भ्रष्टाचार अभियोगमा १७ वर्ष जेल सजाय तोकेको छ