१५ कार्तिक २०७७, शनिबार

लुम्बिनी प्रदेश सरकारका प्रवक्तालाई कोरोना

  प्रकाशित मिति
१ कार्तिक २०७७, शनिबार ०६:०९



लुम्बिनी प्रदेशका प्रवक्ता एवं भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीलाई कोरोना भाइरस सङ्क्रमण भएको छ । सामान्य रुघा लागेपछि शुक्रबार पिसिआर परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको हो ।

मन्त्री चौधरीकी श्रीमती द्रौपती, निजी सुरक्षाकर्मी सुन्दर बुढाथोकी, चालक यमबहादुर थापा र भान्से पार्वती केवटलाई पनि कोरोना भाइरस सङ्क्रमण देखिएको मन्त्री चौधरीले जानकारी गराएका छन् । उनले आफ्नो सम्पर्कमा रहेका सबैलाई सजग रहन आग्रह गरेका छन् ।

यसअघि सभामुख पुर्णबहादुर घर्ती, उपसभामुख कृष्णी थारु, आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी, प्रदेश सभाका सदस्यहरु सहित कर्मचारी र सुरक्षाकर्मी गरी ३५ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको प्रदेशसभाका जनस्वास्थ्य निरीक्षक डिलाराम भुसालले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

विशेष प्रतिनिधि, रुपन्देही रुपन्देहीको बेलहिया नाकाबाट अवैध रुपमा मानिस प्रवेश गराउने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । चाडपर्वलाई

सुरेश धामी, बझाङ कोरोना महामारीका कारण गएको चैतदेखि बन्द रहेका बुङ्गल नगरपालिकाभित्रका विद्यालयहरुमा सोमबारदेखि पठनपाठन सञ्चालन गरिने भएको छ ।

भारतको केन्द्रिय राजधानी रहेको दिल्ली प्रदेशमा कोरोनाभाइरसबाट एकैदिनमा अहिलेसम्मकै धेरै सङ्क्रमित भेटिएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार दिल्लीमा शुक्रबार

कञ्चनपुरको कृष्णपुर नगरपालिका-४ मालुमेलास्थित जङ्गलमा आज बिहान दुई जनाको शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार जङ्गलमा कैलालीको