अन्तिम बलमा छक्का प्रहार गर्दै पन्जाबको सनसनीपूर्ण विजय

अन्तिम बलमा छक्का प्रहार गर्दै पन्जाबको सनसनीपूर्ण विजय



किङ्ग इलेवन पन्जाब र रोयल च्यालेन्जर बैङ्गलोरबीच शारजाहमा भएको सनसनीपूर्ण खेलमा पन्जाबले बाजी मारेको छ । १ सय ७२ रनको विजय लक्ष्य पाएको पन्जाबले अन्तिम बलमा छक्का प्रहार गर्दै आठ विकेटले विजय हासिल गरेको हो । आइपिएल २०२० मा पन्जावको यो दोश्रो विजय हो ।

आइपीएलको १३औँ सिजनमा सात खेलमा बेन्चमा बसेका चर्चित खेलाडी क्रिस गेल पहिलो पटक आरसीवीविरुद्ध मैदानमा उत्रिएका थिए । गेलले आफ्नो पहिलो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ४५ बलमा ५३ रन प्रहार गरे । सो क्रममा गेलले एक चौका र पाँच छक्का प्रहार गरेका थिए ।

यसअघि मयङ्क अग्रवाल र कप्तान के.एल. राहुलको प्रारम्भिक जोडीले पहिलो विकेटको लागि ७८ रनको साझेदारी गर्दै आफ्नो टीमलाई राम्रो शुरुवात दिलाएका थिए । अग्रवालले ४५ र राहुलले ६१ रनको नटआउट पारी खेलेको थिए ।

आन्तिम बलमा जितको लागि एक रनको चाहिएकोमा निकोलस पुरनले शान्दार छक्का प्रहार गर्दै आफ्नो टीमलाई दोश्रो पटक विजयी बनाएका थिए । आईपीएल २०२० को पहिलो खेलमा पनि पन्जाबले आरसीवीलाई पराजित गरेको थियो ।