१५ कार्तिक २०७७, शनिबार

करिव एक अर्ब विदेशी विनिमय अपचलन गर्ने वंशलविरुद्ध मुद्दा

  प्रकाशित मिति
२९ आश्विन २०७७, बिहीबार ०२:४०



भन्सार चोरी पैठारी गरेका मालवस्तुको भूक्तानीका लागि गैरकानूनी रुपमा मुद्रा पठाइ विदेशी विनिमय अपचलन गर्ने व्यवसायीविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा चलाएको छ ।

जेएसएस मोबाइल कलेक्सन एण्ड सर्भिसेज प्रालि र श्री श्याम इम्पेक्स सञ्चालक मोहन वंशल र गोविन्द वंशललाई रु ८५ करोड ९५ लाख २२ हजार बिगो बराबरको विदेशी विनिमय अपचलन गरेको विभागको आरोप छ ।

उक्त बिगो असुलउपर गरी तीन गुणासम्म जरिवाना र तीन वर्षसम्म कैद साजयको मागदावी लिई बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको विभागका महानिर्देशन दीर्घराज मैनालीले जानकारी दिए । जेएसएस मोबाइल कलेक्सन एण्ड सर्भिसेज प्रालि र श्याम इम्पेक्समार्फत विदेशमा निर्मित मोवाइल, मेमोरी कार्डलगायत माल वस्तुहरु पटकपटक भन्सार नतिरी चोरी पैठारी गरी अवैध बिक्री गरेको पाइएको विभागले जनाएको छ ।

कानुनअनुसार माल वस्तुको निकासी वा पैठारी गर्दा अनिवार्य भन्सार विन्दुमा माल वस्तुको घोषणा गर्ने र लाग्ने महशुल भुक्तानी गरी निकासी र पैठारी गर्नुपर्ने व्यवस्था रहेको छ । यस्ता मालवस्तु तेश्रो मुलुकबाट ल्याउँदा विदेशी मुद्रा भुक्तानी नगरी ल्याउन सकिँदैन ।

ठूलो मात्रामा विदेशी मुद्रा गैरकानुनी रुपमा विदेश पठाई विदेशी विनिमय अपचलन गरेको विभागले जनाएको छ । विदेशी विनिमय अपचलन गरी विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ४, दफा ८(२) र दफा ९(ग) बमोजिम कसूर गरेकाले मुद्दा चलाइएको विभागको भनाई छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

विशेष प्रतिनिधि, टोकियो (जापान) कोरोना संक्रमणका कारण बन्द रहेको अन्तर्राष्ट्रिय यात्रालाई क्रमिक रुपमा सहज बनाउँदै आएको जापानले नोभेम्बर १ तारिखबाट

कोरोना भाइरसबाट संक्रमित भई यही कात्तिक ९ गतेदेखि उपचार गराइरहनुभएका संघीय सांसद एवं पार्टीका केन्द्रीय सदस्य मीन विश्वकर्माको उपचारका लागि

प्रतिक्षा सुवेदी (खड्गी), अष्ट्रिया कोरोना संक्रमणको पारो पछिल्लो दिनमा अत्याधिक बढेसँगै कतिपय युरोपियन मुलुकले पूर्ण बन्दाबन्दी गरे पनि अष्ट्रियाले चाहिँ

सङ्क्रमण निको हुने दर ७६.९ प्रतिशत नेपालमा शनिबार २,५०८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार