प्रचण्डसँग कुरा नमिलेपछि मन्त्रिमण्डलको आङ्शिक पुनर्गठन !

प्रचण्डसँग कुरा नमिलेपछि मन्त्रिमण्डलको आङ्शिक पुनर्गठन !



प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डलमा सामान्य हेरफेर गरि पुनर्गठन गर्नुभएको छ। प्रचण्डसँग कुरा मिलाएर मन्त्रीमण्डलमा व्यापक स्तरमा पुनर्गठन गर्न प्रधानमन्त्रीले केही दिनयता गर्नुभएको प्रयास सफल नभएकोले सामान्य परिवर्तन मात्र गर्न उहाँ बाध्य हुनुभएको हो ।

आज (२८ असोज बुधबार) गरिएको पुनर्गठनमा विष्णु पौडेललाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ भने ईश्वर पोखरेललाई रक्षाबाट हटाएर प्रधानमन्त्री कार्यालय हेर्ने गरी मन्त्रीमण्डलमा यथावत राखिएको छ। अब पोखरेलले प्रधानमन्त्रीको मूख्य सल्लाहकारको भूमिका निर्वाह गर्नुपर्ने हुन्छ ।

प्रधानमन्त्री कार्यालयमा परिपक्व राजनीतिक सल्लाहकारको अभाव खट्किएको चर्चा सर्वत्र भैरहेको बेला ईश्वर पोखरेलको जिम्मेवारी परिवर्तनले नयाँ सङ्केत दिएको छ । मन्त्रीमण्डलमा माओवादी पक्षका कसैलाई पनि चलाइएको छैन । नयाँ नियुक्तिमा परेका सबै केपीको पक्षका मात्र छन् ।

मन्त्रीमण्डलमा माओवादी पक्षका कसैलाई पनि चलाइएको छैन । नयाँ नियुक्तिमा परेका सबै केपीको पक्षका मात्र छन् ।

सिराहामा प्रचण्डलाई जिताउन २०७० को निर्वाचनमा रहस्यमय तरिकाबाट हराइएका लीला श्रेष्ठलाई मन्त्रीमण्डलमा सामेल गरेर पनि प्रधानमन्त्रीले बेग्लै सन्देश दिन खोज्नुभएको छ । यो पुनर्गठनले दशैँ–तिहारपछि मन्त्रीमण्डलमा व्यापक हेरफेर हुने सङ्केत पनि दिएको छ ।

पार्वत गुरुङलाई सञ्चार मन्त्रालयको जिम्मेवारी दिइनुलाई पनि अर्थपूर्ण मानिएको छ । बिष्णु पौडेललाई अर्थमन्त्रालयको जिम्मा लगाउने कुरा केहीअघि नै तय भएको थियो । पुनर्गठनले प्रधानमन्त्री केपी अगाडिको यात्रा बेग्लै राजनीतिक सोचका साथ बढाउन तत्पर रहेको सङ्केत दिएको छ ।

रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री स्वयमले लिनुलाई पनि सामान्य रुपमा लिन नसकिने देखिएको छ । प्रहरीबाहेक राज्यको हरेक महत्वपूर्ण निकाय र संयन्त्रको प्रमुख अब प्रधानमन्त्री स्वयम् रहन पुग्नुभएको छ ।

यो पनि हेर्नुहोस्-

विष्णु पौडेल अर्थमन्त्री नियुक्त, ईश्वर पोखरेलबाट खोसियो रक्षा मन्त्रालयको कार्यभार