अलिसा शर्मा बनिन् ‘कोलम्बसकी कान्छी’

अलिसा शर्मा बनिन् ‘कोलम्बसकी कान्छी’


राजन घिमिरे

लामो समयदेखि शिक्षा क्षेत्रमा सक्रिय ऐजुकेसन एण्ड माइग्रेसन कर्नरले अब आफ्नो सहभागिता नेपाली चलचित्र र गीत संगीत क्षेत्रमा पनि जनाउने भएको छ ।

यसै क्रममा यो संस्थाको प्रस्तुति र सुनील उप्रेतीको निर्माणमा ‘कोलम्बसकी कान्छी..’ बोलको गीतको भिडियो बजारमा आएको छ।

गीत ओम सुनारले गाएका हुन् भने संगीत पनि उनकै रहेको छ । गीतको रचना तारा फुयाँलले गरेका हुन् । ‘नेपाली विद्यार्थीहरूलाई उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलियालगायतका मुलुकमा जान हामीले पुलको काम गर्दै आइरहेका छौँ । अब नेपाली मनोरन्जन क्षेत्रमा पनि जोडीने जमर्कोका साथ हामी लागिपरेका हौँ’ सुनील उप्रेतीले जानकारी दिए ।

मौसम हिमालीको निर्देशन रहेको यो भिडियोमा चर्चित नृत्यांगना अलिशा शर्मा र टिकटक सेलिब्रिटी डिमोन क्षेत्रीले अभिनय गरेका छन् । यो भिडियो नेप आर्ट डिजिटल यूटुब च्यानलबाट सार्वजनिक गरिएको हो । भिडियोको सम्पादन र छायांकन दिपेन बस्न्यातले गरेका हुन् । गोदावरी वरिपरि छायांकन गरिएको यो गीत चार मिनेट लामो छ ।