१५ कार्तिक २०७७, शनिबार

उपभोक्ता ठग्ने व्यवसायीमाथि धमाधम कारवाही !

  प्रकाशित मिति
२६ आश्विन २०७७, सोमबार १६:२३


  • आरपी उपाध्याय

नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) मा पछिल्लोपटक कालोबजारी गरी उपभोक्ता ठगी गर्ने व्यापारीमाथि धमाधम कारवाही थालिएको छ । उपभोक्ता हित संरक्षण ऐन २०७५ ले कालोबजारी, महँगी, कृत्रिम अभाव गर्ने व्यापारीलाई जरिवाना गर्नेसम्मको कारवाहीको अधिकार दिएपछि यहाँका व्यापारी कारवाहीमा परेका हुन् ।

सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीको नेतृत्वमा रहेको जिल्ला बजार अनुगमन समितिले अनियन्त्रित बजार नियन्त्रण गर्न बजार अनुगमन कार्यलाई तीव्रता दिँदै उपभोक्ता ठगी गर्ने व्यापारीलाई धमाधम कारवाही गरिरहेको जानकारीमा आएको छ । जिल्लाको गोपिगञ्जमा अनुमतिबेगर सूर्तिजन्य पदार्थको बिक्री वितरण गर्ने व्यापारी कारवाहीमा परेका छन् ।

जिल्ला बजार अनुगमन समितिले सोमबार (२६ असोज) प्रतापपुर गाउँपालिका–२ गोपिगञ्जमा बजार अनुगमन गर्ने क्रममा अनुमतिविनै सूर्तिजन्य पदार्थ बिक्री गरिरहेको पाइएपछि दोस्ती पान तथा किराना पसललाई दुई लाख जरिवाना गरेको छ । अनुगमन टोलीले उक्त पसलले लुकाएर राखेको सूर्तिजन्य पदार्थ जफत गरी नष्ट पनि गरेको निरीक्षण अधिकृत एवं सहायक प्रमुख जिल्ला अधिकारी माझीले जानकारी दिनुभयो ।

त्यहाँ लुकाएर राखिएको ३६ प्याकेट गुट्खा टोलीले नियन्त्रणमा लिएर नष्ट गरेको छ । गोपिगञ्जकै जानकी स्टोर्सलाई पनि रु ५५ हजार जरिवाना गरिएको छ । उक्त पसलबाट पनि ३७ प्याकेट गुट्खा र चार प्याकेट सूर्ति नियन्त्रणमा लिएर नष्ट गरिएको बताइएको छ । यस्तै लेभलविनै उत्पादित वस्तु बजारमा पठाएको पाइएपछि बर्दघाट नगरपालिका–१२ चौपत्ताको सूर्य मसला उद्योगलाई शिल गरिएको छ । उद्योगले उद्योग विभागबाट लिनुपर्ने ट्रेड मार्क नलिएको, दर्ता प्रमाणपत्र देखाउन नसकेको, प्याकेजिङ्गको अनुमति नलिएको, साइनबोर्ड विनै गाउँमा सञ्चालन गरेको पाइएपछि उक्त उद्योगलाई रु ६० हजार जरिवानासहित शिल गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय, उपभोक्ता हित संरक्षण निर्देशनालय, घरेलु तथा साना उद्योग कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च, प्रतापपुर गाउँपालिका, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिसहितको अनुगमन समितिले गोपिगञ्जमा रहेका खाद्यन्न, किराना, फेन्सी, हार्डवेयर, एग्रोभेट, पान पसललगायत १० वटा व्यवसायिक फर्ममा अनुगमन गरेको थियो । अनुगमन टोलीले दाउन्ने शक्ति टेडर्सबाट म्याद गुज्रेका ५९ डिब्बा पेन्ट, त्रिवेणी एग्रोभेटबाट म्याद गुज्रेका सात डिब्बा पशुजन्य औषधी, राजु टेडर्सबाट म्याद गुज्रेका २९ प्याकेट पिङ्की गुट्खा, शिशिर स्टोर्सबाट लेभल नभएका अजिनामोटा २९ प्याकेट जफत गरी नष्ट गरेको छ ।

केही दिनअघि पनि कालोबजारी गरी प्याज बेच्ने व्यापारीलाई कारवाही गरिएको थियो । अत्यधिक मूल्य वृद्धि गरी प्याज बिक्री गरिरहेका सदरमुकाम परासीका पाँच व्यापारीलाई रु ६० हजारका दरले जरिवाना तिराएपछि प्रतिकेजी रु १२० देखि रु १३० मा बिक्री हुँदै आएको प्याजको मूल्य घटेर अहिले रु ८० मा झरेको छ । यस सम्बन्धमा सहायक प्रमुख जिल्ला अधिकारी माझीसँग सम्पर्क गर्दा उहाँले अनुगमन कार्यलाई चरणवद्ध रुपमा अगाडि बढाइने प्रतिक्रिया दिनुभयो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

विशेष प्रतिनिधि, रुपन्देही रुपन्देहीको बेलहिया नाकाबाट अवैध रुपमा मानिस प्रवेश गराउने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । चाडपर्वलाई

सुरेश धामी, बझाङ कोरोना महामारीका कारण गएको चैतदेखि बन्द रहेका बुङ्गल नगरपालिकाभित्रका विद्यालयहरुमा सोमबारदेखि पठनपाठन सञ्चालन गरिने भएको छ ।

बजारमा सयपत्री फूलको मागमा कमी र स्वदेशी उत्पादन राम्रो रहेकाले यस वर्षको तिहारमा छिमेकी मुलुक भारतबाट फूल आयात नहुने भएको

भारतको केन्द्रिय राजधानी रहेको दिल्ली प्रदेशमा कोरोनाभाइरसबाट एकैदिनमा अहिलेसम्मकै धेरै सङ्क्रमित भेटिएका छन् । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार दिल्लीमा शुक्रबार