विकृत मनोदशाका मान्छेहरुले ‘रिप’ समेत लेखे (मेरो कोरोना अनुभव)

विकृत मनोदशाका मान्छेहरुले ‘रिप’ समेत लेखे (मेरो कोरोना अनुभव)


  • सूर्य थापा

म एक सातासम्म कोरोना संक्रमित भएर आइसोलेसनमा रहनुपर्‍यो । असोज १७ देखि २३ गतेसम्मको मेरो अनुभवले कोरोना कडा अनुशासन पालना गरी लड्नुपर्ने महामारी हो र यससँग लापर्वाही गर्नु जीवनकै खेलबाड हो ।

व्यक्तिगत रूपमा बितेको झण्डै एक वर्षको अत्यधिक स्ट्रेसमा काम गर्नु परेकाले होला, मैले झण्डै आँखाको दृष्टि नै गुमाएँ, धन्न समयमै समस्या थाहा पाएर उपचार गराउन सम्भव भयो । महिना दिनसम्म नै भित्रपट्टि एउटा ग्लासमा टेप टाँसेर कालो चश्मा लगाउँदै हिँड्न बाध्य हुनुपर्‍यो । खासमा सुगरले आँखाको नर्भमा हानेर डिप्लोपियाको समस्या भइसकेको रहेछ । कान पनि कम सुन्ने समस्या भोगेँ , त्यसको पनि उपचार गराएँ । छालाको एलर्जी र नङको फङ्गसजस्ता समस्याहरूको पनि उपचार गरेर निको भएँ । अहिले कोरोना संक्रमण पनि मलाई नै थपियो, यसविरुद्ध लडेँ र छिट्टै जितेँ ।

लकडाउनकै अवधिमा मैले आकस्मिक रूपमा वैशाख २९ गते पित्तथैलीको पत्थरीको अपरेशन गराउनु पर्‍यो । त्यसले गर्दा आफै पनि संक्रमणबाट जोगिने अधिक प्रयत्नमा रहेँ । गत वर्ष पुस ७ गतेपछि सुगरको समस्या देखिएकाले म डा. अंशुमाली जोशीको प्रत्यक्ष सम्मपर्कमा रही नियमित औषधि सेवन गरिरहेको पनि छु । अब एउटा स्वास्थ्य समस्या सुगर मात्रै बाँकी छ, यसलाई पनि सामान्य स्थितिमा ल्याउने कोशिसमै छु । र, नियमित औषधि सेवन गर्न बाध्य छु ।

मेरो परिवारमा स्वास्थ्यकर्मीहरू रहेको हुँदा श्रीमती, भाइ र बुहारीले अत्यधिक ध्यान मलाई संक्रमणबाट जोगाउन नै लगाएको अवस्था छँदै थियो । अस्पतालमा ड्युटीमा जाँदा वा फर्कँदा उनीहरूको जोड चाहिनेभन्दा बढी सावधानी अपनाउन नै केन्द्रित हुँदै आएको छ । यसका पछाडि मेरो स्वास्थ्य समस्यासँगै मुख्यतः प्रधानमन्त्रीज्यूसँगको संवेदनशीलता र सम्बन्ध नै कारण रहेको थियो ।

तर यस क्रममा, खासगरी म आइसोलेसनमा रहेका बखत केही विकृत मनोदशाका अपराधिक मान्छेहरू फेक आइडी प्रयोग गरेर परिचालित र सक्रिय भए । तिनीहरूको मसँग के रिस हो ? कहाँ असन्तुष्टि हो ? के चाहन्छन् ? र, म कहाँ बाधक बनेँ ? यो तिनैले जानून् । त्यस्ता कतिपय मान्छेको रूप धारण गरेका अपराधीहरूले सामाजिक सञ्जालको दुरूपयोग गर्दै विशेषगरी मैले पित्तथैलीको अपरेशन गराउँदा पहिले पनि मलाई कोरोना लाग्यो भनेर दुष्प्रचार गर्ने निकै बल गरेका थिए ।

पार्टीकै कोही नेता, गुट र पूर्ववर्ती विरासतको समेत छहारीमा बसेर यस्तो हर्कत गरिएको मैले महसुस गरेको छु । र, के स्पष्ट गर्दछु भने झिँगाको सरापले मात्रै गाई त मर्दैन ! कसैले मेरो मृत्युको कामना गरेर वा मनमनै अथवा सोसल मिडियामा मृत्युपूजा लगाएर त मैले असमयमै जीवन गुमाउनु पर्दैन ।

अहिले त् झन् कोरोनाले ठीक मान्छे छानेको, अब स्वस्थ भएर नफर्कियोस्, श्रद्धाञ्जली, ‘रिप’ आदि लेख्ने, एनिमेसन गरेर अपमानजनक प्रचार गर्ने, मानौँ तिनको स्वर्गको मुख्य बाधक नै म हुँजस्तो गरी समाजमा गलत प्रचार र छवि निर्माण गर्न लाग्ने, मेरा स्पष्ट भनाइलाई बङ्ग्याएर गलत अर्थ लगाई समाजमा भ्रम सिर्जना गर्ने, देशविदेशबाट टेलिफोन गरी निकृष्ट गालीगलोज गर्ने काममा नियोजित रूपमा लागेका परिचालित तत्वहरूको अपराधिक कृत्यलाई पनि मैले नजिकबाट देख्न पाएँ । तिनको अभिलेख राख्ने र कानुनी कारवाहीको प्रक्रिया अघि बढाउनै पर्ने आवश्यकता महसुस गरेको छु ।

पार्टीकै कोही नेता, गुट र पूर्ववर्ती विरासतको समेत छहारीमा बसेर यस्तो हर्कत गरिएको मैले महसुस गरेको छु । र, के स्पष्ट गर्दछु भने झिँगाको सरापले मात्रै गाई त मर्दैन ! कसैले मेरो मृत्युको कामना गरेर वा मनमनै अथवा सोसल मिडियामा मृत्युपूजा लगाएर त मैले असमयमै जीवन गुमाउनु पर्दैन । म बीचबीचमा उभिन, सबैको प्रिय बन्न र नाइस टु अल हुन आधा करिब शताब्दी लामो जीवनयात्रामा कहिल्यै लागिनँ र बाँकी जीवनमा पनि कहिल्यै लाग्दिनँ । मेरो स्वभाव, शैली र निष्ठा नितान्त मेरो हो । यसमा कमी त्रुटि भए हटाउन त प्रयास गर्छु, तर अरूको सजिलोका लागि म बदलिने कल्पना कसैले नगरे हुन्छ । यसदक्रममा अग्रजहरूको माया र आशीर्वादचाहिँ मलाई निरन्तर प्राप्त छ भन्ने ठानेको छु र देशभरिका शुभेच्छुकहरूले निरन्तर साथ, सहयोग र समर्थन गरिरहेको पनि मैले राम्रोसँग बुझेको छु ।

मेरो कसैसँग व्यक्तिगत दुश्मनी छैन । कसैसँग लेनदेनमा विवाद गर्ने मेरो बानी छैन । आफ्नो कुरा सिधा, प्रष्ट र सोझै भन्ने गर्छु । सामुन्नेमा पर्दा चिप्लो कुरा गर्ने, पछाडिबाट पिठ्युँमा छुरा रोप्नेहरूप्रति मलाई घृणा छ । म मिल्दा र झगडा गर्दा शतप्रतिशतमा गर्छु । त्यस क्रममा मेरो आफ्नो चिन्ता कहिल्यै गर्ने गरेको छैन । अझ आफ्नो निहीत स्वार्थका लागि कसैसँग विवाद र झगडा गर्ने गरेको छैन ।

नियत बाङ्गिएका, दोहोरो चरित्र भएका र अपराधिक तत्वहरूले गरिरहेको सत्तोसरापलाई सम्पूर्ण रूपमा झूठमा सावित गर्दै खारेज गर्न म काफी छु । विश्वव्यापी महामारीका रूपमा कोरोना आफूसम्म पनि आइपुगेको र त्यसको संक्रमणलाई मैले सात दिनमै पराजित गर्न सकेको छु । रिपोर्ट नेगेटिभ आएपछि एउटा युद्ध जितेको जस्तो अनुभूति भएको छ ।

मैले आफ्नो पृष्ठभूमि, वर्ग, क्षेत्र, समुदाय, समग्र पार्टी, साथीहरू, श्रमजीवी जनता र मातृभूमिप्रति इमान्दार भएर काम गर्छु । अहिले म प्रधानमन्त्रीको सचिवालयमा छु । यस जिम्मेवारीमा रहँदा प्रधानमन्त्रीज्यूको काममा सम्पूर्ण बरकतका साथ सहयोग गर्न नै अहोरात्र लाग्नुपर्छ भन्ने कर्तव्य राम्रोसँग बुझेको छु । यो काममा म नयाँ छैन । त्यसैले, यसमा मेराविरूद्द कुनै ताकत, गिरोह र कोही अपराधिक मनोवृत्तिका समूह परिचालित भएर केही तलमाथि गर्न सम्भव छैन । यश जिम्मेवारीमा रहँदा नबिराउनु र नडराउनु भन्ने मान्यता बोकेर कार्यसम्पादन गर्ने हो । यसो गर्दा अनाहकमा कसैका प्रहार, घेराबन्दी, गालीगलोज सहनुपर्छ भन्ने किमार्थ स्वीकार्य छैन । सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने प्रधानमन्त्रीज्यूको जीवनपद्धतिलाई मैले सकेसम्म पछ्याउने कोसिस मात्र गरिरहेको छु ।

नियत बाङ्गिएका, दोहोरो चरित्र भएका र अपराधिक तत्वहरूले गरिरहेको सत्तोसरापलाई सम्पूर्ण रूपमा झूठमा सावित गर्दै खारेज गर्न म काफी छु । विश्वव्यापी महामारीका रूपमा कोरोना आफूसम्म पनि आइपुगेको र त्यसको संक्रमणलाई मैले सात दिनमै पराजित गर्न सकेको छु । जबकि प्यूठान र देशभरिबाट साथीभाईले टेलिफोन गरेर यो महामारीबाट जोगिन त सक्नुहोला दाजु भन्ने प्रश्न गरिरहेका थिए । तिनको चिन्तालाई यति छिट्टै हटाउन सकेको छु, यसमा गौरवबोध भइरहेको छ । र, रिपोर्ट नेगेटिभ आएपछि एउटा युद्ध जितेको जस्तो अनुभूति भएको छ ।

कोरोना संक्रमणविरूद्कोद्ध लडाइँमा मेरो अनुभव सबैलाई जस्ताको तस्तै काम लाग्दैन । म लक्षणरहितको संक्रमित थिएँ । लक्षणसहितका संक्रमितले मैले जस्तो गर्न खोज्दा लापर्बाही सावित भएर ज्यान नै जान पनि सक्छ । नेपालमा अहिले कोरोना विशेषज्ञहरू घरघरमै तयार भएका छन् । यसको परीक्षणको पूर्वाधार देशैभरि बनाउने काम भएको छ । स्वास्थ्यकर्मीहरू जीवन जोखिममा राखेर पनि महामारीविरूद्ध फ्रन्टलाइनमा रहेर लडिरहेका छन् । हामीले हेलचक्र्याइँ नगरी सरकारको योजना र विशेषज्ञहरूको निर्देशनको पालना गरी स्वस्थ र सभ्य बन्ने, आफू जोगिने र अरूलाई पनि जोगाउने पवित्र भावनाका साथ क्रियाशील हुनु आवश्यक छ ।

बस, यति गरे अहिलेलाई पुग्छ ।

मेरो स्वास्थ्याभको कामना गर्नुहुने सबैको सद्भावप्रति म हृदयदेखि नै विशेष कृतज्ञ र आभारी छु ।

(प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाको फेसबुकबाट)