नेपाली मेला, बेलायत २०१४

नेपाली मेला, बेलायत २०१४


Everest times color pages.pmdलण्डन – तमुधिं बेलायतले प्रत्येवर्ष आयोजना गरिने नेपाली मेला, यसवर्षको यो पाँचौ श्रृङ््खला, २०१४ यहि आउने २४ अगस्त २०१४, आईतवारको दिनमा पोहोर साल सम्पन्न भएको साबिककै स्थान, केम्पटन पार्क रेसकोर्स, स्टइन्स रोड ईष्ट, सनबरी थेम्स, मिडल सेक्स्, लण्डन, टीडब्ल्यू१६ ५एक्यूलाई बडो भव्यताका साथ सम्पन्न गर्नका लागिल जा.ेडदार तैयारी भैरहेको खबर संस्थाका उपाध्यक्ष तथा नेपाली मेलाका संयोजक ज्ञाम गुरुङले सतम्भकारलाई बताएका छन् । वर्षेणी आठदश हजार नेपालीहरु विभिन्न संघसंस्थालाई प्रत्तिनिधित्व गरेर सहभागी हुने यस मेलालाई नेपाली राजदूतावास बेलायतको विशेष समर्थन र सहयोग रहेको छ । नेपाली मेला बेलायतका नेपालीहरुका लागि कुम्भ मेला सरह नै हो किनभने तमुधिंले आयोजना गर्दै आएको गुर्खा कप फूटबल प्रत्तियोगिता पछि समपन्न गरिने नेपाली मेला बेलायतको परिप्रक्ष्यामा सबैभन्दा ठूलो वर्षको कार्यक्रम मानिन्छ । नेपाली राजदूतावास बेलायतले एम्बेसेडर प्रत्तियोगिता कपको प्रायोजन गर्दै आएको छ । यसमा विभिन्न संघसंस्थाबाट सहभागी रहेका झाँकी तथा नृत्यलाई विशेष जजहरुको प्यानलले उत्कृष्टताको आधारमा मुल्याङ्कन गरेर पुरस्कार प्रदान गरिन्छ । केहि हप्ता अघि बसेको तमुधिंको बैठक अनुसार यसवर्ष पनि विगतका वर्षहरुमा झै प्रायोजकहरुको सहयोग प्राप्त भएको र यस वर्षका आकर्षनहरुमा सामुदायिक झाँकीहरु, चाईनिज ड्रागोन नाच, यूथ डान्स, ताइक्वाण्डो प्रदर्शनी, लोकदोहोरी, पञ्चेबाजा, कोरियन डान्स तथा नेपाली परम्परागत नृत्यहरुको प्रस्तुति रहने कुरा सम्प्रेषन गरेको छ । प्रत्येक वर्ष बेलायतमा रहेका तीन दर्जन जति संघसंस्थाहरुको सहभागिता रहँदै आएको यस नेपाली मेलाले सम्पूर्ण बेलायतवासीहरुलाई एउटै थलोमा आबद्ध गराएर नेपाली सांस्कृति, परम्परा र वेशभूषालाई बेलायती परिवेशमा नेपाली आस्थालाई कायम राख्दै यहाँको स्थानीय बासिन्दहरुलाई परिचित गराउने प्रयास गर्दै आएको छ तथा नेपाली पहिचानको श्रीबृद्धिमा सकारात्मक कदम उठाउँदै आएको छ ।