जापानमा शक्तिशाली ताइफु

जापानमा शक्तिशाली ताइफु


विशेष प्रतिनिधि, टोकियो (जापान)

शक्तिशाली ताइफु–१४ (आँधीबेरी) जापानको क्युसुको दक्षिणी समुद्री तट हुँदै उत्तरतर्फ अघि बढेको छ । जापानी मौसम विभागका अनुसार ताइफु शक्तिशाली बन्दै आएको छ । यसको गती र आकार बढ्दै गएको छ । यसले आफ्नो बाटोमा पर्ने ठाउँहरुमा विध्वंश मच्चाउन सक्दछ ।

९ अक्टोबर बिहानसम्ममा ताइफु होङ्सु क्षेत्रमा पुग्ने प्रक्षेपण गरिएको छ । यसको प्रभावस्वरुप पूर्वी तथा पश्चिमी जापानका विभिन्न क्षेत्रहरुमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ ।

ताइफुको मुख्य मार्गमा नपरेका स्थानहरुमा पनि प्रभाव पर्न सक्ने भएकाले जापानको मौसम विभागले जारी गरेका सुचनाहरुमा अपडेट रही सतर्कता अपनाउनका लागि सुझाव दिइएको छ ।

मौसम विभागले दिएको जानकारी अनुसार ताइफु–१४ आज (८ तारिख) बिहानै ७ बजेतिरबाट खागोसिमा प्रान्तको आमामी सहर भन्दा करिव ३३० किलोमिटर पर प्रतिघण्टा १५ किलोमिटरको गतिमा उत्तरपश्चिमतर्फ अघि बढिरेहको छ ।