‘अमृत सूर्यमुखी’ तेलको प्याकेटभित्र कुहिएका मुसा भेटिएपछि…

‘अमृत सूर्यमुखी’ तेलको प्याकेटभित्र कुहिएका मुसा भेटिएपछि…


अमृत सूर्यमुखी तेलमा कुहिएको कीरा र मुसाजस्तो वस्तु भेटिएपछि सिन्धुपाल्चोकको मेलम्ची नगरपलिकाले सो तेलको बिक्री वितरणमा रोक लगाएको छ ।

त्रिवेणी गु्रपको अन्नपूर्ण भेजिटेबल प्रालि, लिपनीमाल–७ बारामा बनेको उक्त तेलको प्याकेटभित्र किरा र मुसाजस्ता कुहिएका फोहोर वस्तु भेटिएका हुन् ।

‘हेल्थ फर्स्ट’ भन्ने नारालाई प्याकेटमा महत्वका साथ छपाई गरेको उक्त तेलको प्याकेटभित्र फोहोर भेटिएपछि एक स्थानीयवासी तेलको प्याकेटसहित नगरपालिकामा उपस्थित भएका थिए ।

नगरपालिकाले थप छानबिन गर्नका लागि सो तेल बिक्रीमा रोक लगाएको नगरपालिकाका उपप्रमुख भगवती नेपाललाई उद्धृत गर्दै राससले जानकारी दिएको छ ।