कलाकार प्रदीप र कृष्टिना प्रभु बैंकको ब्राण्ड एम्बास्डर

कलाकार प्रदीप र कृष्टिना प्रभु बैंकको ब्राण्ड एम्बास्डर


नेपाली सिनेक्षेत्रका सुपरिचित कलाकारद्वय प्रदीप खड्का र कृष्टिना गुरुङलाई प्रभु बैंक लिमिटेडले एक वर्षका लागि आफ्नो ब्राण्ड एम्बास्डरमा नियुक्त गरेको छ ।

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले बबरमहलस्थित बैंकको प्रधानकार्यालयमा आयोजित एक कार्यक्रममा कलाकारद्वय प्रदीप र कृष्टिनालाई बैंकको ब्राण्ड एम्बास्डरमा नियुक्ति गर्नेसम्बन्धी एक सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

हस्ताक्षर कार्यक्रममा कलाकारद्वय खड्का र गुरुङअभिनित प्रभु बैंकको विज्ञापन सार्वजनिक गरिएको थियो ।

नेपाली सिनेमा क्षेत्रका सुपरिचित कलाकारद्वय प्रदीप खड्का र कृष्टिना गुरुङ बैंकको ब्राण्ड एम्बास्डर नियुक्त भएपछि सर्वसाधारणमा प्रभु बैंकप्रतिको विश्वसनीयतामा वृद्धि हुने विश्वास लिइएको सो बैंकका नायव प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेलले जानकारी दिए ।