मेडिसिन र फिजियोलोजीतर्फको नोवेल पुरस्कार २०२० घोषणा

मेडिसिन र फिजियोलोजीतर्फको नोवेल पुरस्कार २०२० घोषणा


प्रतीक्षा सुवेदी (खड्गी), अष्ट्रिया

यस वर्षको मेडिसन तथा फिजियोलोजी विधातर्फको नोवेल पुरस्कार दुई अमेरिकन र एक ब्रिटिस वैज्ञानिकलाई संयुक्त रुपमा प्रदान गरिएको छ ।

विश्वकै सर्वाधिक उच्च तथा सम्मानित मानिने यो पुरस्कार पाउनेहरुमा अमेरिकाका Harvey J. Alter र Charles M. Rice साथै ब्रिटेनका बायोकेमिकर Michael Houghton रहेका नोवेल कमिटीले जानकारी दिएको छ ।

यो वर्षको एक करोड स्वीडिस क्रोना (१.१२ मिलियन युएस डलर) नोबेल पुरस्कार पुरस्कृत तीनै व्यक्तित्वलाई बराबर बाँडिने नोबेल पुरस्कार प्रतिष्ठानले बताएको छ ।

को हुन् पुरस्कार प्राप्त गर्ने वैज्ञानिकहरु ?

Harvey J. Alter

सन् १९३५ मा न्युयोर्क शहरमा जन्मेका उनले Rochester मेडिकल स्कुलबाट मेडिकल डिग्री हासिल गरेका थिए भने सन् १९६१ मा National Institutes of Health (NIH ) मा Clinical Associate को रुपमा काम सुरु गरेका थिए । NIH मा काम सुरु गर्नुभन्दा अगाडि Georgetown University को Clinical Center को Transfusion Medicine विभागमा सिनियर सोधकर्ताका रुपमा उनले काम गरेका थिए ।

Charles M Rice

सन् १९५२ मा अमेरिकाको शहर Sacramento मा जन्मेका उनले १९८१ मा California Institute of Technology बाट विद्यावारिधि गरेका थिए भने Washington University School of Medicine मा सोधकर्ताहरुको समूह स्थापना गरेका थिए । उनले सन् २००१ देखि न्युयोर्कस्थित Rockefeller University मा प्राध्यापन गरिरहेका छन् भने सन् २००१-२०१८ सम्म उक्त विश्वविद्यालयमा Executive Director का रुपमा काम गरेका थिए ।

Michael Houghton

ब्रिटेनमा जन्मेर King’s College लण्डनबाट विद्यावारिधि गरेका उनी हाल Canada Excellenge Rescharch मा भाइरोलोजी Chair तथा University of Alberta को Applied भाइरोलोजी Insitute मा डाइरेक्टरका रुपमा रहेका छन् ।

मेडिसिनतर्फको फिजियोलोजी विधामा नोबेल पुरस्कार प्राप्त गर्नुको कारण

Liver inflammation अथवा Hepatitis भनेको नै liver inflammation को ग्रिक शब्द हो । अर्थात् यसले कलेजोको रोगलाई जनाउँदछ । Hepatitis A, B का विषयमा वैज्ञानिकहरुले प्रशस्त सोधहरु बाहिर ल्याएता पनि Hepatitis C का सन्दर्भमा थुप्रै विषय अनुत्तरित थिए, जसमा यी वैज्ञानिक हरुले C भाइरसबाट कलेजोमा पर्ने प्रभाव, विशेषगरी भाइरल इन्फेक्सन, अल्कोहलका कारण उत्पति हुने समस्या, वातावरणीय विषजन्य प्रभाव, शरीरको आफ्नै रोगप्रतिरोधात्मक प्रणालीको विचलन (autoimmune disease) थिए । यसलाई उनीहरुले मानव शरीरसँग मिल्दो प्राणी चिम्पान्जीमा प्रयोग गरेर यसको बारेमा अनुत्तरित विषयहरुलाई प्रस्ट पारेका थिए ।

यो सोध तथा अनुशन्धानबाट अन्जान समस्याका कारण मर्ने लाखौँ मानिसहरुको ज्यान जोगाउन सफल भएको निष्कर्ष नोबेल कमिटीको रहेको जनाइएको छ।