अष्ट्रेलियाको ब्रिसबेनमा धिरेनले तयार पारे म्यूजिक भिडियो

अष्ट्रेलियाको ब्रिसबेनमा धिरेनले तयार पारे म्यूजिक भिडियो


– राजन घिमिरे

प्रवासी जीवनमा पनि धिरेन थापाले कलाकारिताका विभिन्न विधामा आफूलाई सक्रिय पारि नै रहेका छन् ।

नेपाली सिनेमाका कुशल कलाकार थापा लामो समयदेखि अष्ट्रेलियाको ब्रिसबेन बस्दै आएका छन् । त्यो क्षेत्रमा नेपाली कलाकारितालाई विस्तार गर्ने कार्यक्रमतिर आवद्धता जनाउँदै आएका उनले थ्री लभर्स, ढुवानी र स्कूल नामक चलचित्रमा काम गरिसकेका छन् । त्यसका साथै म्यूजिक भिडियोहरूमा पनि कुशलताका साथ ऊभिँदै आएका थापा अब भने निर्देशन विधामा लागिपर्ने योजनामा रहेका छन् ।

थापाको निर्देशनमा यसै साता ब्रिसबेनका सुन्दर स्थानहरूमा एउटा म्यूजिक भिडियोको छायाङ्कन सकिएको छ । नेपाली गीत–संगीत क्षेत्रका कुशल गायक सन्जय श्रेष्ठको अति नै मन पराइएको पुरानो गीतको रिमिक्स भर्सन ‘टाढा भएर… बोलको गीतको भिडियो धिरेनले तयार पारेका हुन ।

‘कलाकारिताको अनुभव र अब यो विधालाई निरन्तरता दिने सोच अनि योजनामा छु । चाँडै नयाँ चलचित्रमार्फत पनि आउँदै छु’– थापाले जानकारी दिए ।

थापाले निर्देशन गरेको यो भिडियोमा समुना क्षेत्रीले मोडलिङ गरेकी छिन् भने क्यामरा सुदिप विष्टले चलाएका छन् । यो गीत यसै साता बजारमा आउने बताइएको छ ।

यसैबीच थापाको निर्देशनमा चाँडै अर्को गितको भिडियो पनि तयार हुने भएको छ । अब छायाङ्कन हुन लागेको गीतमा भने धिरेनको निर्देशन रहनुका साथै उनले आफै अभिनय पनि गर्ने भएका छन् । यो गीत देवराज न्यौपानेले गाएका हुन् ।