जापानमा अर्को शक्तिशाली आँधीबेरी आउने पूर्वानुमान

जापानमा अर्को शक्तिशाली आँधीबेरी आउने पूर्वानुमान


विशेष प्रतिनिधि, टोकियो (जापान)

अक्टोबर ९ तारिखबाट जापानमा अर्को शक्तिशाली ताइफु (आँधीबेरी) आउने अनुमान गरिएको छ ।

जापानी मौसम विभागले जनाएअनुसार यो यस वर्षको १४औं ताइफु (आँधीबेरी)हो ।

१४औँ ताइफु पनि अत्यन्त शक्तिशाली हुने अनुमान गरिएको छ । ताइफु–१४ सोमबार बिहानबाट नै दक्षिणी समुन्द्रतटदेखि जापानतर्फ अघि बढ्ने क्रममा रहेको छ । ताइफु–१४ को प्रभाव तथा यसको मार्गबारे विस्तृत जानकारी भने अझै आइसकेको छैन । मौसमविदहरुका अनुसार यो सुरुवाती अवस्थामा नै रहेकाले यसको प्रभाव तथा असरबारे विस्तारै जानकारीमा आउने छ ।

प्रारम्भिक जानकारीअनुसार ताइफुले ओकिनावासहित क्युस्यु, शिकोकु, कान्साई, चुगोकु र चुबु क्षेत्रमा असर पार्न सक्नेछ । सामान्यत ताइफु कति शक्तिशाली हुन्छ भन्ने भन्दा पनि त्यसको लागि आवाश्यक पूर्वतयारी कस्तो रहन्छ भन्ने कुराले क्षतिको मात्र घटबढ हुने गर्दछ । त्यसैले जापानले यसरी पूर्वजानकारीसहित तयारीको लागि अनुरोध गर्ने गर्दछ ।

यसअघिका ताइफुहरु शक्तिशाली भए तापनि प्रभावकारी पूर्वतयारीका कारण तुलनात्मक रुपमा क्षति न्युन रहेको थियो ।