आइएमई पे एप ‘वन मिलियन क्लब’मा

आइएमई पे एप ‘वन मिलियन क्लब’मा


आइएमई ग्रुपअन्तर्गत संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित ‘आइएमई पे’ एप डाउनलोड गर्ने सेवाग्राहीहरूको संख्या १० लाखभन्दा बढी पुगेको छ । योसहित एप डाउनलोड गरेर आफैं वा एजेण्टको सहयोगमा ‘आइएमई पे’बाट ३० लाखभन्दा बढी सेवाग्राहीहरू लाभान्वित हुँदै आएका आइएमई कम्पनीले जनाएको छ ।

डाउनलोड १० लाख पुगेको अवसरमा ‘आइएमई पे’बाट मोबाइल टप–अप गर्ने एकजना भाग्यशाली विजेतालाई एउटा वान प्लस (1+) मोबाइल सिस्टममा आधारित ‘लक्की ड्र’मार्फत उपहार स्वरूप प्रदान गरिने बताइएको छ । यो योजना आज (१८ असोज)बाट शुरु भइ अक्टोबर १५ सम्म कायम हुनेछ ।

विद्युतीय कारोबारलाई प्राथमिकता दिने सरकारी नीतिअनुरूप कम्पनीले आफ्नो सेवालाई थप प्रभावकारी र सेवाग्राहीमैत्री बनाउँदै लगेको छ ।

कम्पनी स्थापनाको छोटै समयमा ३० लाखभन्दा बढी घरपरिवारसम्मको पहुँचमा पुग्न सक्नु आफ्नो कम्पनीको उल्लेख्य सफलता भएको आइएमई डिजिटल सोलुसन लिमिटेडका अध्यक्ष हेमराज ढकाल बताउँछन् । आमसेग्राहीहरूको विश्वास, आवद्ध व्यवसायीक साझेदारहरूको प्रयास र कर्मचारीहरूको लगनशीलता यो पहुँच विस्तारको मूख्य कारण रहेकाले यसको सम्पूर्ण श्रेय वहाँहरूलाई नै जाने ढकालले बताए ।

नेपालमा भर्खरै विकास हुँदै आएको डिजिटल कारोबार अहिले समयको माग हो । एपमार्फत प्राप्त गर्न सकिने सेवालाई विविधिकरण गर्दै सेवाग्राहीहरूको माग अनुरूपका सेवा थप गर्ने कार्यमा कम्पनी निरन्तर आगाडी बढिरहेको छ । पछिल्लो समयमा फैलिएको कोरोना भाइरस (कोभिड– १९) का कारण सामाजिक दूरी कायम गर्नुपर्ने जस्ता सुरक्षा सतर्कतालाई मध्यनजर गर्दै रेमिटेन्स लगायतका थुप्रै सेवा सेवाग्राहीहरूको पहुँचमा पु¥याउन र एपमार्फत सुरक्षित तरिकाले सेवा उपभोग गर्न प्रोत्साहित गर्नका लागि ‘आइएमई पे’ले आक्रामक रूपमा बजार विस्तार गर्दै आइरहेको छ ।

कम्पनी ब्राण्ड, सन्तुष्ट सेवाग्राहीहरू, समयसमयमा ल्याइने सेवाग्राहीमुखी अफर र स्वदेश तथा विदेशमा विद्यमान व्यापक व्यवसायिक संजालको सुविधाले पनि ‘आइएमई पे’ले डिजिटल वित्तीय सेवामा आफ्नो अब्बल उपस्थिति जनाउँदै आएको छ ।

ज्ञातव्य छ, झन्डै ३० हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो ।नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली–२०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आइएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवाप्रदायक कम्पनी हो ।

आइएमई डिजिटलले ‘आईएमई पे’ ब्रान्डअन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइलमार्फत् विभिन्न किसिमका भुक्तानीसम्बन्धी कार्य गर्न सक्नेछन् ।