८ कार्तिक २०७७, शनिबार

कर्णाली प्रदेश प्रमुख गोविन्द कलौनीलाई कोरोना सङ्क्रमण

  प्रकाशित मिति
१५ आश्विन २०७७, बिहीबार १२:१९


कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश अस्पताल/पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा पिसिआर परीक्षण गर्दा बिहीबार प्रदेश प्रमुख कलौनीलाइ कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो ।

प्रदेश प्रमुखको निजी सचिवालयले बिहीबार प्रेस विज्ञप्तिमार्फत प्रदेश प्रमुख कलौनीलाई कोभिड–१९ को सङ्क्रमण देखिएको जनाएको छ ।

प्रदेश प्रमुखका स्वकीय सचिव चूडामणि कलौनीले प्रदेश प्रमुखको कार्यालयमा कार्यरत केही कर्मचारीमा कोभिड–१९ को लक्षण देखिएर परीक्षण गर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङअनुरुप प्रदेश प्रमुख कलौनीको पिसिआर परीक्षण गर्दा सङ्क्रमण देखिएको जानकारी दिए ।

प्रदेश प्रमुख कलौनी यतिबेला चिकित्सकको प्रत्यक्ष निगरानीमा होम आइसोलेशनमा रहेका र उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ । कलौनीका स्वकीय सचिवले जनाएअनुसार एक साता पहिले कार्यालयका एक जना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । ती कर्मचारीको सम्पर्कमा आएका पाँच जना कर्मचारीको ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्दा थप तीन जनामा कोरोना सङ्क्रमण देखिएको बताइएको छ ।

यसैगरी, राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । आफूलाई संक्रमण भएको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

■ कौशिक नवराज अहिले चर्चामा रहेको शब्द हो क्लिनफिड । नेपालमा २०७४ मा ल्याएर पनि कार्यन्वयन हुन नसकेको तर हाल

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस आधनाम गेब्रेयसले आगामी महिनाहरुमा कोभिड १९ को समस्या थप बढ्ने चेतावनी दिएका छन् । उनले

अमेरिकामा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या अहिलेसम्मकै धेरै देखिएको छ । लकडाउन खुकुलो हुँदै गएको, चुनावी गतिविधिहरु बढेको, भिडभाड धेरै

■ लामिछाने मातृका गोलागानो भन्नाले भुँडीमा हाइड्रोक्लोरिक अम्लको उत्पादन र उपयोगितामा हुने असन्तुलनबाट आमासयको भित्तामा रहेका कोषहरूको सुजनलाई जनाउँदछ ।