८ कार्तिक २०७७, शनिबार

नेप्सेमा दोहोरो अङ्कको वृद्धि

  प्रकाशित मिति
१५ आश्विन २०७७, बिहीबार ११:५२


धितोपत्र बजारमा शेयर कारोबारमापक नेप्से परिसूचक बिहीबार (१५ असोज) दोहोरो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्स्चेञ्जका अनुसार आज नेप्से २०.६१ बिन्दुले बढेर एक हजार ५७१.०४ मा पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक २.९८ बिन्दुले बढेर ३१०.१५ मा पुगेको छ । कूल १९२ कम्पनीको ९९ लाख ३० हजार ८३० कित्ता शेयर रु दुई अर्ब ८० करोड ७७ लाख आठ हजार १३७ मूल्यमा खरिद बिक्री भएका छन् ।

कारोबार भएका कूल १२ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर ओरालो लाग्दा १० उपसमूहको शेयर भने उकालो लागेको छ । जलविद्युत् २४.७६ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले घटेको छ ।

यस्तै बैंकिङ १८.८६, व्यापार १९.५३, होटल ८.०८, विकास बैंक ६५.४८, वित्त ५.७९, निर्जीवन बीमा ३३२.४१, उत्पादन ४९.७९, अन्य २.९७, लघुवित्त २०.८१ र जीवन बीमा १५७.३३ बिन्दुले उकालो लाग्यो ।

कारोवारका आधारमा बैंक अफ काठमाडौँ शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु १४ करोड ७६ लाख ५६ हजार ३९ बराबरको कारोबार भयो । यस्तै शिखर इन्स्योरेन्स रु १३ करोड ४७ लाख १२ हजार ७२७, अरुण भ्याली हाइड्रो पावर रु १२ करोड ३० लाख ८१ हजार ६१२, नेपाल पुनःबीमा कम्पनी रु आठ करोड ४१ लाख ७३ हजार ७४७, नेको इन्स्योरेन्स रु सात करोड ७९ लाख ९१ हजार ८९२, कुमारी बैंक रु छ करोड ७५ लाख ८४ हजार ८४७ र कामना सेवा विकास बैंक रु छ करोड ७२ लाख ८० हजार ७४२ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

कारोवारका आधारमा आज सप्तकोशी डेभलपमेन्ट बैंक १०, कामना सेवा विकास बैंक ९.६३, मल्टीपर्पोज फिनान्स कम्पनी ९.६०, कर्पोरेट डेभलपमेन्ट बैंक ९.५८, दिव्यश्वरी हाइड्रोपावर ९.५२, बैंक अफ काठमाडौँ ९.३० र ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ७.१९ प्रतिशतले कमाए । यस्तै माउण्टेन हाइड्रो ९.८०, पञ्चकन्या माई हाइड्रो ६.६७, हिमालयन ऊर्जा विकास कम्पनी ६.३७, युनिभर्सल पावर कम्पनी ५.९७, रैराङ हाइड्रोपावर ५.३३ र युनाइटेड मोदीका लगानीकर्ताले ५.१६ प्रतिशतले गुमाए ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

■ कौशिक नवराज अहिले चर्चामा रहेको शब्द हो क्लिनफिड । नेपालमा २०७४ मा ल्याएर पनि कार्यन्वयन हुन नसकेको तर हाल

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस आधनाम गेब्रेयसले आगामी महिनाहरुमा कोभिड १९ को समस्या थप बढ्ने चेतावनी दिएका छन् । उनले

अमेरिकामा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या अहिलेसम्मकै धेरै देखिएको छ । लकडाउन खुकुलो हुँदै गएको, चुनावी गतिविधिहरु बढेको, भिडभाड धेरै

■ लामिछाने मातृका गोलागानो भन्नाले भुँडीमा हाइड्रोक्लोरिक अम्लको उत्पादन र उपयोगितामा हुने असन्तुलनबाट आमासयको भित्तामा रहेका कोषहरूको सुजनलाई जनाउँदछ ।