कुवेतका नयाँ अमिरले लिए शपथ

कुवेतका नयाँ अमिरले लिए शपथ


कुवेतका राजकुमार नवाफ अल–अहमद अल–जाबेर अल–सबाहले कुवेतका अमिरका रुपमा संवैधानिक व्यवस्थाबमोजिम संसदसमक्ष शपथ लिएका छन् ।

सरकारको आपतकालीन बैठकले गत मंगलबार अल–सबाहलाई अमिरमा नियुक्त गर्ने निर्णय गरेको थियो, सोअनुसार बुधबार उनलाई शपथ दिलाइएको हो ।

कुवेती अमिर सबाह अल–अहमद अल–सबाहको मंगलबार उपचारको क्रममा संयुक्तराज्य अमेरिकाको एक अस्पतालमा निधन भएको थियो । उनी ९१ वर्षका थिए ।

कुवेतको संविधानबमोजिम पूर्वअमिरको निधन भएमा वा पदत्याग गरेमा उनका उत्तराधिकारीलाई नयाँ अमिर घोषणा गर्ने व्यवस्था छ । तर, नयाँ अमिरको घोषणा भएपनि संसदसमक्ष सपथ गरेपछि मात्र पदभार ग्रहण गर्न पाइने संवैधानिक व्यवस्था छ ।

दिवंगत अल–सबाह जनवरी २००६ मा कुबेतको अमिर बनेका थिए । त्यसअघि कुबेतमा शेख जाबेर अल–सबाह अमिर रहेका थिए ।