इ-प्लानेटले गर्ने भयो भर्चुअल अष्ट्रेलियन शैक्षिक मेला

इ-प्लानेटले गर्ने भयो भर्चुअल अष्ट्रेलियन शैक्षिक मेला


राजन घिमिरे

शैक्षिक कन्सल्टेन्सी एजुकेशन प्लानेटले यही असोज १६ गते शुक्रबार २०२० अक्टोबर र का दिन अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै भर्चुअल प्रविधिद्वारा मेला आयोजना गर्ने भएको छ ।

अष्ट्रेलियाका २० भन्दा बढी विश्वप्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरुको सहभागिता रहने मेलामा नेपाललगायतका विभिन्न देशहरुबाट अष्ट्रेलियामा अध्ययन गर्न चाहने विद्यार्थीहरु सहभागी भई प्रत्यक्ष लाभ लिन सक्ने संस्थाका कार्यकारी निर्देशक नयन लामिछाने बताए । उनका अनुसार मेलाबाट विद्यार्थी तथा अभिभावकहरुले विश्वविद्यालयका प्रतिनिधिहरुसँग प्रत्यक्ष संवाद गर्न सक्नेछन् ।

मेलाबाट विद्यार्थीहरुले आफ्नो शैक्षिक योग्यताअनुसारको छात्रवृत्ति, निःशुल्क आवेदन तथा अन्य विशेष छुटहरु प्राप्त गर्नुका साथै अध्ययन गर्न जान चाहेका विश्वविद्यालयहरुमा सिट सुनिश्चित समेत गर्न सक्ने कम्पनीका कार्यकारी प्रमुख सविन पण्डित क्षेत्रीले बताए ।

कोरोना महामारीको वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै विद्यार्थीहरुले अष्ट्रेलियामा अध्ययन गर्न जाने बारे सबै जानकारी दिन र जिज्ञाशाहरुको समाधान गर्न प्लानेटले Online PTe|IELTs\ Class, Online Abroad Qmudy & Career Counseling, E-Planet IOqmAndroid App Service, Virtual Career Development Sessions, University Information Sessions लगायतका विभिन्न अनलाइन तथा भर्चुअल सेवा दिँदै आएको छ ।

यसका साथै कोभिड १९ सम्बन्धी नेपाल सरकार तथा अन्तराष्ट्रिय स्वस्थ्य संगठनबाट जारी गरिएका सुरक्षा मापदण्डहरुको पूर्ण पालना गरी उक्त सेवाहरु प्रदान गर्दै आएको जानकारी गराएको छ ।

E-Planet Virtual Australian Education Fair का बारेमा जानकारी दिँदै कम्पनीका प्रबन्धक बुद्धिबहादुर गुरुङले एजुकेशन प्लानेटका शाखाहरु लगनखेल, चितवन, कावासोती, बुटवल, पोखरा, इटहरी हुँदै भारतको हैदरावादबाट पनि विद्यार्थीहरुको उल्लेखनीय सहभागिता रहने बताए ।

यस विषम परिस्थितिमा पनि E-Planet ले आयोजना गर्न लागेको ये मेला, वर्षकै बृहत मेला हुने र सहभागी सम्पुर्ण अभिभावक तथा विद्यार्थीहरुको जिज्ञासाको समाधान गर्नसक्ने संस्थाले जनाएको छ । संस्थाले विगत १६ वर्षदेखि एजुकेशन कन्सल्टेन्सी क्षेत्रमा विश्वसनीय सेवा प्रदान गर्दै आइरहेको छ ।