जताततैबाट कुम्ल्याउने सोच मात्रै !

जताततैबाट कुम्ल्याउने सोच मात्रै !


■ केशवप्रसाद भट्टराई

किन बनाउने सरकारले आठ वटा राजकीय अतिथि गृह ? एकसे एक होटल छैनन् ? बनाउ न उद्योग, अस्पताल र स्कूल त्यो पैसाले ।

१. सरकारले पुल्चोक स्थित मन्त्रीनिवासलाई त्यहाँ बाट हटाएर त्यहाँ आठ वटा राजकीय अतिथि गृह बनाउने अनि मन्त्री निवास अन्यत्र सार्ने निर्णय गरेको समाचार पढियो ।
आठ वटा अतिथि गृह बनायो,
अनि त्यसको नियमित रेखदेख र सम्भार खर्च,
अनि विशिष्ठ विदेशी अतिथि आउँदाका लागि बस्ने, भोजन आदिको प्रवन्धको लागि सेवा दिने कर्मचारी र सेवकहरूको स्थायी व्यवस्थाको खर्च किन व्यहोर्ने ?
मुलुकमा एकसे एक होटेल छन् ।

२. होटेल कम भयोजस्तो लागे त्यही ठाउँमा कसैलाई अझ उच्च स्तरको होटेल खोल्न जमिन लिजमा दिए भयो ।
उच्चतम स्तरका राजकीय स्तरका विदेशी पाहुनालाई मिल्ने ‘डिलक्स सुइट’सहितको होटल खोल्ने शर्तमा दिए हुन्छ त्यो जमिन !
पुग–नपुगका लागि अन्य होटेल पनि छन् ।

३. सेवा र सुविधा अन्तर्राष्ट्रिय स्तरको पनि हुने अनि राज्यको खर्च पनि कम,
बसुन्जेलको फ्ल्याट र भोजनको व्यय मात्र व्यहोरे पुग्ने ।
संसारभरी होटलमा नै राखिने हो त जो आए पनि ।
मोदी, सी, ट्रम्प सबै होटलमै बस्ने होइनन् र जहाँ गए पनि ?
होटलले दिनेजस्तो सेवा सरकारले राजकीय अतिथि गृहमा दिन सक्दैन !
त्यो पेशागत क्षमता, निष्ठा र प्रतिबद्धता भएका मानिस नियुक्त गर्ने क्षमता नै छैन सरकारको ।
तिनै होटलका मानिस ल्याउने भए ती होटेलमै राख्दा नै राम्रो हो नि, होइन ?
सरकार र सरकारले छान्ने मानिसको काम ? भनिरहनु नै पर्दैन कसैले कसैलाई
त्यत्रो ठूलो दुई तिहाइको बहुमतको कार्यान्वयन गर्ने सरकारका मन्त्री यिनै होइनन् ?
अदालतमा त यिनले गर्ने नियुक्ति यस्तै हो !

४. एक–दुई मुलुकमा राजदरबार र राष्ट्रपति निवासमा पनि पाहुना राखिने हुन् ।
तर नयाँ भवन बनाएर होइन भएका पुराना दरवार, भवन नै संभार गरेर राखेका र त्यहीँ बसाउने हुन् यदाकदा जस्तो लाग्छ मलाई !
त्यो पनि सधैं होइन, कहिलेकहीँ, विशेष अतिथि र विशेष अवशर पारेर !
आठ वटा राजकीय अतिथिगृह बनाउने पैसाले आठ वटा वा कति बन्छ मुलुकका विभिन्न ठाउँमा ्गतिला अस्पताल बनाइदिनु,
प्राविधिक विषय पढाई हुने गतिला स्कूल कलेज बनाइदिनु ।
कुनै उद्योग कारखाना खोलिदिनु !
नहर–कुलो बनाइदिनु !

५. कस्तो भ्यूटावर, अतिथि गृह जस्ता अनुत्पादक क्षेत्रमा खर्च गर्ने मात्रै बुद्धि हो यो !
अलिकता त प्राथमिकताको पहिचान न भविष्य दृष्टि पनि चाहियो क्या !
कति कमिसन खाने र कुम्ल्याउने सोच मात्रै राखेको ?

(सामाजिक सञ्जालबाट)