जापानमा ह्वात्तै बढ्यो आत्महत्याका घटना

जापानमा ह्वात्तै बढ्यो आत्महत्याका घटना


विशेष प्रतिनिधि, टोकियो

जापानमा यसवर्ष आत्महत्याका घटना ह्वात्तै बढेको छ । यस वर्ष आत्महत्या गर्नेहरुमा अत्यन्तै चर्चित अभिनेता/अभिनेत्रीलगायतका उच्च सामाजिक पहिचान बनाएका व्यक्तिहरु समेत रहेका छन् ।

जापानी संचारमामाध्यमहरुमा प्रकाशित एक आँकडाअनुसार जापानमा गत वर्षको यही अवधिमा जम्मा २४६ जनाले आत्महत्या गरेका थिए भने यस वर्ष बढेर १८४९ जना पुगेका छन् । तथापि, जापानी संचारमाध्यमहरुमा आत्महत्यासम्बन्धी घटनाहरु खासै प्रकाशन हुँदैनन् ।

ज्ञातव्य छ, जापान विश्वमै सबैभन्दा धेरै आत्महत्या गर्ने देशको सूचीमा दोस्रो नम्बरमा पर्दछ । त्यसमा यस वर्षको जुलाई महिनापछि वृद्धि भएको घटनाहरुले हालसम्म पहिलो स्थानमा रहँदै आएको दक्षिण कोरियालाई पनि उछिन्ने संकेत गरेको बताइन्छ ।

यस्तो बढ्दो आत्महत्या न्युनीकरणर तथा आत्महत्यारहित समाजको सृजना गर्न जापान सरकारले सर्वसाधारणहरुसँग आग्रह गरेको छ ।

जापानका केन्द्र सरकारले परामर्श केन्द्र स्थापनालगायत अन्य विविध उपायहरु अपनाउने बताइएको छ । यसका साथै सरकारले आत्महत्याको धारणा मनमा आएमा आवश्यक सहयोगका लागि स्वयमले अपिल गर्नसमेत सर्वसाधारणमा आह्वान गरेको छ।