नेपालमा कोरोनासंक्रमित संख्या ७७,८१७, ज्यान गुमाउनको सख्या ४९८

नेपालमा कोरोनासंक्रमित संख्या ७७,८१७, ज्यान गुमाउनको सख्या ४९८


पछिल्लो २४ घण्टामा नेपालमा थप १,५५९ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७७,८१७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएअनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ९०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ६९७, भक्तपुरमा ९३ र ललितपुरमा ११२ जना कोरोना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १५७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ५६,४२८ पुगेको छ । पछिल्लो २४ घण्टामा १२ हजार २ सय ५ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाल देशभर २० हजार ८ सय ९१ जना संक्रिय संक्रमित रहेका छन् भने ५ हजार ४ सय २८ जना क्वारेन्टिनमा छन्।

यस्तै, नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा दुई महिला र सात पुरुष छन् । सुनसरीका ६० वर्षीय पुरुष, सप्तरीका ३९ वर्षीय पुरुष, मोरङका ६० वर्षीय पुरुष, काठमाडौंका ३४ र ८६ वर्षीया महिला तथा ५४ वर्षीय पुरुष र रुपन्देहीका ८२ वर्षीय पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको हो ।

यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनको सख्या ४९८ पुगेको छ।