९ कार्तिक २०७७, आईतवार

आक्रमण भइरहे विदेशी नियोगहरु बन्द गर्ने इराकी प्रधानमन्त्रीको चेतावनी

  प्रकाशित मिति
१४ आश्विन २०७७, बुधबार १०:१९


कूटनीतिक नियोगमा लगातार हमला भइरहे देशभित्रका विदेशी दूतावासहरु बन्द गर्नुको विकल्प नहुने इराकी प्रधानमन्त्री मुस्तफा अल–कादिमीले बताएका छन् ।

उनले इराकभित्रका असामाजिक तत्वहरुले खासगरी बग्दादस्थित अमेरिकी दूतावासलाई लक्षित गरी क्षेप्यास्त्र आक्रमण गरिरहेका छन् ।

यसअघि प्रधानमन्त्री कादिमीले बग्दाद विमानस्थललाई लक्षित गरी भएको क्षेप्यास्त्र आक्रमणका बारेमा तत्काल छानबिन अघि बढाउन आदेश दिएका थिए । यस आक्रमणमा बालबालिका समेत कम्तीमा पाँच जनाको ज्यान गएको थियो ।

प्रधानमन्त्री कादिमीले बग्दादमा रहेका कतिपय अन्तर्राष्ट्रिय संस्था र कूटनीतिक नियोगहरु बन्द गर्नुपर्ने अवस्था सिर्जना भइसकेको मन्त्रिपरिषद बैठकमा जानकारी गराएका थिए । उनले संयुक्तराज्य अमेरिका र युरोपेली युनियनका दूतावासहरु बन्द गर्ने बारेमा छलफल भइरहेको पनि बताएका छन् ।

प्रधानमन्त्री कादिमीले क्षेत्रीय स्तरमा शान्ति सुरक्षा सुनिश्चित नहुने हो भने उनीहरु इराकमा पनि रहन मुश्किल पर्ने धारणा प्रकट गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

विगतमा दशैं आएसँगै सखिया नृत्यले कञ्चनपुरका थारु गाउँमा छुट्टै रौनक ल्याउँथ्यो । तर, यो वर्ष गाउँमा सखियाको मादल बज्न छोडेपछि

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस आधनाम गेब्रेयसले आगामी महिनाहरुमा कोभिड १९ को समस्या थप बढ्ने चेतावनी दिएका छन् । उनले

डा. बाबुराम भट्टराई कोरोना भाइरसबाट संक्रमित भएका छन् । ७ कात्तिकमा परीक्षणको लागि दिइएको स्वाबको नतिजा आज पोजेटिभ आएको उनले

अमेरिकामा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या अहिलेसम्मकै धेरै देखिएको छ । लकडाउन खुकुलो हुँदै गएको, चुनावी गतिविधिहरु बढेको, भिडभाड धेरै