अशोक लेलैण्ड र एनएमबी बैंकबीच सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर

अशोक लेलैण्ड र एनएमबी बैंकबीच सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर


आईएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवद्र्धित अशोक लेलैण्ड र एनएमबी बैंकबीच सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट Chief Business Officer, सुदेश उपाध्याय र आईएमई मोटर्सको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईले हस्ताक्षर गरेका छन् ।

यस सम्झौताअनुसार आईएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले एनएमबी बैंकबाट योग्य व्यक्ति तथा संस्थाहरुलाई परिपत्र तथा सहुलियतपूर्ण कर्जाहरु लगानी गर्न साथै ब्याज अनुदानसम्बन्धी कारोबार हुने छन् ।

यसैअनुरुप बैंकको नीतिअनुसार ग्राहकहरुलाई भारतीय कम्पनी अशोक लेलैण्डद्वारा निर्मित र आईएमई मोटर्सद्वारा बिक्रीवितरण गरिएका Dost model सम्पूर्ण सवारी साधन खरिद गर्नका लागि बिनाधितो कम्तिमा खरिद मूल्यको ६० (साठी) प्रतिशत सम्मको सहुलियत पूर्ण कर्जा उपलब्ध गर्ने सुविधा प्राप्त भएको छ । यो सुविधा अशोक लेलैण्डद्वारा निर्मित र आईएमई मोटर्सद्वारा बिक्री वितरण गरिएका अन्य सवारी साधनमा पनि बैंकको नीति नियमभित्र रही कर्जा प्रवाह गर्ने भएको छ ।

यो सुविधाले आगामी दिनमा ग्राहकहरूलाई कर्जा सुविधा प्राप्त गर्न निकै सजिलो हुने दुवै कम्पनीका प्रमुखहरुले बताए । कर्जा सुविधा मात्र नभई दुवै कम्पनीबीच संयुक्त रुममा Brand Awareness का लागि विभिन्न कार्यक्रमहरुमा सहभागिता भई अघि बढ्ने कुरामा पनि सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर भएको कम्पनीले जनाएको छ ।

LCV Segment अन्तर्गत Dost model का सवारी साधन हरु विभिन्न application जस्तै दूध, पानी, तरकारी, रेफ्रिजरेसन, फोहर तथा महिला संकलन, एम्बुलेन्स, मोर्टर्युरी भ्यान साथै अन्य व्यवसायमा प्रयोग हुँदै आएको छ ।

कम्पनीले जनाएअनुसार रेमिटेन्स व्यवसायबाट उदाएको आइएमई ग्रुप सन् २००१ मा स्थापना भएको हो । रेमिटेन्स, बैंकिङ इन्स्योरेन्स, अटोमोबाइल्स, इनर्जी, ट्राभल–टुर्स, पर्यटन, सूचना प्रविधि, उर्जा लगायतको विभिन्न क्षेत्रमा लगानी विस्तार गर्दै नेपालमा रोजगारीका अवसर सिर्जना गर्ने कार्यमा आइएमई ग्रुप निरन्तर लाग्दै आएको छ ।