८ कार्तिक २०७७, शनिबार

बोक्सा/बोक्सीको आरोप लगाएर सामाजिक बहिष्कार गरेपछि…

  प्रकाशित मिति
१३ आश्विन २०७७, मंगलवार ०१:०८


बोक्सा/बोक्सी भन्दै सामाजिक बहिस्कार गरेको आरोपमा पक्राउ परेका पाँच जनालाई पुर्पक्षका लागि कारागार चलान गरेको छ ।

दोलखाको विगु गाउँपालिका–५ का एक दम्पतीलाई बोक्साबोक्सी भन्दै सामाजिक बहिस्कार गरेको आरोपमा पक्राउ परेकामध्ये थप पाँच जनालाई जिल्ला अदालत दोलखाले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

जिल्ला न्यायाधीश कविप्रसाद न्यौपानेको एकल इजलासले आइतबार (१२ असोज) भएको थुनछेक बहसपछि विगु गाउँपालिका–५ का हिरालाल श्रेष्ठ, शिरबहादुर श्रेष्ठ, खिलबहादुर मगर, मानबहादुर श्रेष्ठ र खड्गबहादुर मगरलाई जिल्ला कारागारमा थुनामा पठाइएको हो । सामाजिक बहिष्कार गराउन सहयोग गरेकोमा पक्राउ परेका ६ जनामध्ये पाँच जना कारागार चलान भएका छन् भने प्रेमबहादुर गुरुङलाई तीन लाख धरौटी तोकिएको छ ।

उनीहरुलाई प्रहरीले असोज ७ गते आफ्नै घरबाट पक्राउ गरेको थियो ।

पक्राउ परेको उनीहरु विगु गाउँपालिका–५ चिलङ्खास्थित स्याँखुका एक दम्पतीलाई बोक्सा/बोक्सीको आरोप लगाउँदै सामाजिक बहिष्कार गरेको थियो । स्थानीय टोल सुधार समितिको बैठकले सामाजिक बहिष्कार गर्ने निर्णय गर्दै ती दम्पत्तीमाथि दुर्व्यवहार गरेको थियो ।

उक्त घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका १४ जनामध्ये आठ जना पुर्पक्षका लागि थुनामा रहेका छन् भने बाँकीलाई धरौटी र साधारण तारेखमा राखिएको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

विगतमा दशैं आएसँगै सखिया नृत्यले कञ्चनपुरका थारु गाउँमा छुट्टै रौनक ल्याउँथ्यो । तर, यो वर्ष गाउँमा सखियाको मादल बज्न छोडेपछि

डा. बाबुराम भट्टराई कोरोना भाइरसबाट संक्रमित भएका छन् । ७ कात्तिकमा परीक्षणको लागि दिइएको स्वाबको नतिजा आज पोजेटिभ आएको उनले

यस वर्ष सञ्चालित ‘ग्लोबल इ-कम्पिटिसन अन एस्ट्रोनोमी एण्ड एस्ट्रोफिजिक्स्’ मा नेपालले दुईवटा ‘अनरेबल मेन्सन अवार्ड’ जितेको छ । नेपालका लागि

बलात्कार प्रयास गरेका आरोपमा सप्तरीको महदेवा गाउँपालिका–३ बलिया बथनाहाका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीद्वारा नियन्त्रणमा लिइएका अभियुक्तहरु