८ कार्तिक २०७७, शनिबार

‘नेटवर्किङ’ ठगीमा संलग्नहरुलाई पक्राउ गर्न सिआइबीलाई पत्र

  प्रकाशित मिति
१२ आश्विन २०७७, सोमबार १६:०६


ठगीमा संलग्नलाई पक्राउ गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)सँग सहयोग मागेको छ ।

नेपालमा प्रतिबन्धित नेटवर्किङ व्यवसाय सञ्चालन भइरहेको गुनासोका आधारमा विभागले अध्ययन गर्दै ठगीमा व्यक्तिलाई पकाउ गर्न सहयोग मागेको हो ।

विभागले गरेको प्रारम्भिक अध्ययनअनुसार २५ कम्पनी र ५० भन्दा व्यक्तिलाई पक्राउ गर्न विभागले गत साता नै नाम र सम्पर्क नम्बरसहित सिआइबीमा पत्र पठाएको छ ।

केही नेपाली एवं विदेशी कम्पनी तथा व्यक्तिले गैरकानूनी रुपमा नेटवर्किङ शैलीमा व्यवसाय गरी नेपाल तथा विदेशमा रहेका नेपालीसमेतलाई आबद्ध गरी ठगी गरेको तथा पूँजी पलायन गरेको गुनासो÷उजूरी विभागमा प्राप्त भएपछि विज्ञसहितको समूहले थप अध्ययन गरेको थियो ।

विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीका अनुसार विभागमा आएका गुनासाका आधारमा केही व्यक्ति तथा कम्पनीलाई अनुसन्धान, जाँचबुझ तथा छानबिनसमेत भइरहेको छ । संलग्न व्यक्ति तथा कम्पनीका जिम्मेवार व्यक्तिलाई नियन्त्रणमा लिएर विभागमा उपस्थित गराउन विभागले सिआइबीसँग सहयोगको माग गरेको हो ।

विभागले कम्पनी रजिष्ट्रारको कार्यालयमा समेत पत्र पठाउँदै २५ कम्पनीका सञ्चालकको नामावली पठाउन पत्र पठाएको छ । सबैभन्दा धेरै गुनासो भारतीय कम्पनीबाट आउने गरेको विभागअन्तर्गतको वैदेशिक व्यापार नियमन शाखाका निर्देशक शिवराज सेढाइँले जानकारी दिए ।

आफूहरुलाई आएको गुनासोअनुसार प्रारम्भिक अध्ययन एवं अनुसन्धान गरेका गर्दा अवैधानिक व्यवसाय सञ्चालन भएको पाएपछि व्यक्तिको नामावलीसहित सिआइबीमा पक्राउ गर्न अनुरोध गरिएको उनले प्रष्ट्याए ।

वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन, २०७४ को दफा ३ मा इजाजतपत्र प्राप्त नगरी वस्तुको बिक्री वा वितरणसम्बन्धी कार्य गर्न नहुने तथा दफा ११ दफामा पिरामिडमा आधारित सञ्जालयुक्त (नेटवर्किङ) व्यवसाय गर्न नपाउने प्रावधान छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

विगतमा दशैं आएसँगै सखिया नृत्यले कञ्चनपुरका थारु गाउँमा छुट्टै रौनक ल्याउँथ्यो । तर, यो वर्ष गाउँमा सखियाको मादल बज्न छोडेपछि

डा. बाबुराम भट्टराई कोरोना भाइरसबाट संक्रमित भएका छन् । ७ कात्तिकमा परीक्षणको लागि दिइएको स्वाबको नतिजा आज पोजेटिभ आएको उनले

यस वर्ष सञ्चालित ‘ग्लोबल इ-कम्पिटिसन अन एस्ट्रोनोमी एण्ड एस्ट्रोफिजिक्स्’ मा नेपालले दुईवटा ‘अनरेबल मेन्सन अवार्ड’ जितेको छ । नेपालका लागि

बलात्कार प्रयास गरेका आरोपमा सप्तरीको महदेवा गाउँपालिका–३ बलिया बथनाहाका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीद्वारा नियन्त्रणमा लिइएका अभियुक्तहरु