नेपालमा कोभिड-१९ संक्रमित संख्या ७४,७७५

नेपालमा कोभिड-१९ संक्रमित संख्या ७४,७७५


पछिल्लो २४ घण्टामा नेपालमा थप १,३५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा संक्रमितको कुल संख्या ७४,७७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा सोमबार (१२ असोज) थप ८१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौंका ६४९, ललितपुरका १३२, तथा भक्तपुरका ३६ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, पछिल्लो २४ घण्टामा देशभर १ हजार ३ सय ५१ जना कोरोना संक्रमित थपिएका छन् । बताइएअनुसार सोमबार ७४२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ५४,६४० पुगेको बताइएको छ।

यसैबीच नेपालमा कोरोना भाइरसबाट पछिल्लो थप चार जनाको मृत्यु भएको छ । कोरोनाबाट २ महिला र २ पुरुषको मृत्यु भएको हो ।

मन्त्रालयका अनुसार सुनसरीमा ३८ वर्षीया र भक्तपुरमा ५१ वर्षिया महिलाको मृत्यु भएको छ भने बाँकेमा ४७ वर्षीय र गुल्मीमा ३४ वर्षीय महिलाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४८१ पुगेको छ ।