८ कार्तिक २०७७, शनिबार

भारतमा निको भए ५० लाखभन्दा बढी कोरोनासंक्रमित

  प्रकाशित मिति
१२ आश्विन २०७७, सोमबार १०:१६


भारतमा कम्तीमा पनि ५० लाख कोरोनासङ्क्रमित निको भएका बताइएको छ । देशमा पछिल्लो समयमा निको हुने दर बढेको बताउँदै भारतीय सरकारले अहिलेसम्ममा कम्तीमा पनि ५० लाखलाई निको भएको बताएको एएनआईले जनाएको छ ।

त्यसैगरी भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो समयमा अर्थात गएको ११ दिनमा मात्र १० लाखभन्दा बढी यसका सङ्क्रमितहरु निको भएका बताएको छ । सो मन्त्रालयले गएको जुन महिनाको ३० तारिखमा मात्र यहाँका १ लाख मात्र नागरिक निको भएको तथ्यांक रहेकोमा अहिले सो संख्या ५० लाख पुगेको जनाएको छ ।

सो मन्त्रालयले सोमबार प्रकाशन गरेको विज्ञप्तिमा जनाइएअनुसार भारतमा हाल हरेक दिन कम्तीमा पनि ९० हजार जना सङ्क्रमितहरु निको भएर घर फर्किएका छन् ।

स्वास्थ्य संरचना तथा पूर्वाधारका साथै पछिल्ला दिनहरुमा जनस्वास्थ्यका मापदण्डहरुको पालना गरेका कारण निको हुने दर बढेको पनि सो विज्ञप्तिमा जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

विगतमा दशैं आएसँगै सखिया नृत्यले कञ्चनपुरका थारु गाउँमा छुट्टै रौनक ल्याउँथ्यो । तर, यो वर्ष गाउँमा सखियाको मादल बज्न छोडेपछि

विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस आधनाम गेब्रेयसले आगामी महिनाहरुमा कोभिड १९ को समस्या थप बढ्ने चेतावनी दिएका छन् । उनले

डा. बाबुराम भट्टराई कोरोना भाइरसबाट संक्रमित भएका छन् । ७ कात्तिकमा परीक्षणको लागि दिइएको स्वाबको नतिजा आज पोजेटिभ आएको उनले

अमेरिकामा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या अहिलेसम्मकै धेरै देखिएको छ । लकडाउन खुकुलो हुँदै गएको, चुनावी गतिविधिहरु बढेको, भिडभाड धेरै