अष्ट्रेलिया होबार्टको वारियर्स क्रिकेट क्लबलाई कङ्गारू ऐजुकेसनको साथ

अष्ट्रेलिया होबार्टको वारियर्स क्रिकेट क्लबलाई कङ्गारू ऐजुकेसनको साथ


■ राजन घिमिरे

लामो समयदेखि शिक्षा क्षेत्रमा सक्रिय एजुकेशन कन्सल्टेन्सी हो कङ्गारू एजुकेशन फाउन्डेसन । शिक्षासँगै विभिन्न क्षेत्र वा विधामा सहभागिता जनाउँदै आएको कङ्गारूले अब क्रिकेट खेलमा पनि आफ्नो उपस्थिति जनाउने भएको छ ।

पछिल्लो समय प्रवासबाट विभिन्न खेलकुदमा प्रवासी नेपालीहरूले उत्साहपूर्वक सहभागिता जनाउन थालेका छन् ।

यसैक्रममा अष्ट्रेलियाको होबार्ट तास्मानियामा रहेका प्रवासी नेपालीहरूको क्लब काठमाडौं वारियर्स क्रिकेट क्लबलाई प्रायोजन गरेर कङ्गारू ऐजुकेसन फाउन्डेसन तास्मानिया होबार्टले युवा पुस्तालाई राम्रो गुन लगाएको छ ।

नेपालका विभिन्न शहरदेखि सिड्नी र तास्मानियालगायतका शहरमा पुगेको कङ्गारू एजुकेशन होबार्टका निर्देशक रोशन मैनालीले प्रवासमा नेपाली क्रिकेट खेलको विकाश र विस्तारका लागि आफ्नो संस्थाले क्रिकेट क्लबलाई साथ दिएको बताए ।

होबार्टमा अक्टोबर अन्तिम साताबाट शुरू हुने यो क्रिकेट प्रतियोगितामा काठमाडौं वारियर्स क्रिकेट क्लबलाई प्रायोजन गरेको कङ्गारू ऐजुकेसनले एक समारोहबीच यो क्लबका खेलाडीहरूलाई लोगोअङ्कित टिर्सट पनि वितरण गरेको छ ।

‘कङ्गारू एजुकेशनले हाम्रो टिमलाई दिएको साथ र हामीमाथिको विश्वासलाई हामी मर्न दिन्नौँ’– क्लबका कप्तान अनोज अधिकारीले बताए ।

यसैबीच कङ्गारू ऐजुकेसन होबार्टका अर्का निर्देशक अब्दुल मन्सुरीले प्रवासमा नेपाली खेलकुदको विकासका लागि कङ्गारू ऐजुकेसन फाउन्डेसन निरन्तर रूपमा लागिपर्ने जानकारी दिए ।