बसले स्कुटीलाई ठक्कर दिँदा परिवारका तीन जनाको मृत्यु

बसले स्कुटीलाई ठक्कर दिँदा परिवारका तीन जनाको मृत्यु


कलैयामा बसले एक स्कुटीलाई ठक्कर दिँदा आइतबार (११ असोज) साँझ तीन जनाको घटनास्थलमै मृत्यु भएको छ ।

साँझ ५ बजे जीतपुर सिमरा उपमहानगरपालिका–१ पूर्वपश्चिम सडकखण्डको दुधौरा पुलबाट दुई सय मिटरपूर्व सडकमा निजगढबाट पथलैयातर्फ गइरहेको ना ४ ख ७२४४ नम्बरको बसले पथलैयाबाट निजगढतर्फ जाँदै गरेको प्रदेश नं २(०३)००४ प ४४४२ नम्बरको स्कुटीलाई ठक्कर दिँदा स्कुटीमा सवार चालक निजगढ नगरपालिका–१० लाल बस्ने २६ वर्षीय तीर्थमान स्याङ्तान, निजकै श्रीमती २३ वर्षीया ज्योति र एक वर्षीय छोराको घटनास्थलमै मृत्यु भएको प्रहरी प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।

बसचालक फरार भएको र निजको खोजतलास भइरहेको बताइएको छ । दुवै सवारी प्रहरी नियन्त्रणमा छन् ।