‘बाइडेनमा ड्रग्सको विसंगति देखिएको हुन सक्छ, आफ्नो स्वास्थ्य परीक्षण गराउन्’ : ट्रम्प

‘बाइडेनमा ड्रग्सको विसंगति देखिएको हुन सक्छ, आफ्नो स्वास्थ्य परीक्षण गराउन्’ : ट्रम्प


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रतिद्वन्दी जो बाइडेनको स्वास्थ्य परीक्षणको मग गरेका छन् ।

आगामी मङ्गलबारको पहिलो बहसअघि वा पछि वाइडेनले स्वास्थ्य परीक्षण गर्नुपर्ने जिकिर ट्रम्पले गररेका हुन् ।

डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बाइडेनले अमेरिकी राष्ट्रपतिका लागि गरेका प्रचारप्रसारका क्रममा देखिएको ‘निद्रा’ र आक्रामक शैलीप्रति व्यङ्ग्य गर्दै ट्रम्पले बाइडेनको स्वास्थ्य परीक्षण गर्नुपर्ने बताएका हुन् ।

राष्ट्रपति ट्रम्पले ट्वीटमार्फतले लेखेका छन्– ‘निर्वाचनको अभियानमा रहेका बाइडेनको शारीरिक व्यवहारले परीक्षणको आवश्यकता देखाउँछ । मेरो दृढ माग मङ्गलबार राति बहस हुनुभन्दा अघि वा पछि उहाँको परीक्षण होस् भन्ने हो ।’

ट्रम्पले आफ्नो दाबीको लागि कुनै ठोस प्रमाण पेश नगरिकन नै भनेका छन्– ‘स्वाभाविक रूपमा, म पनि ‘एउटा’ लिन सहमत छु । निर्वाचन बहसलाई हल्का रूपमा राख्न अमेरिकी इतिहासमा मैले रेकर्ड स्थापित गरेको छु । बाइडेनमा ड्रग्सको विसंगति देखिएको हुन सक्छ ।’