नगरकोटमा हाइयर कमाण्ड तथा म्यानेजमेन्ट तालिम शुरु

नगरकोटमा हाइयर कमाण्ड तथा म्यानेजमेन्ट तालिम शुरु


नगरकोटस्थित नेपाली सैनिक वार कलेजमा आठौँ समूहको हाइयर कमाण्ड तथा म्यानेजमेन्ट तालिम आइतबार (११ असोज)देखि देखि शुरु भएको छ ।

बलाधिकृत रथी प्रभुराम शर्माले भर्चुअल माध्यमबाट तालिम शुभारम्भ गर्दै कार्यक्रम जटिल परिस्थिति र समयमा निर्णय लिन सक्ने भावी नेतृत्व उत्पादनमा निकै उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।

तालिममा ३० महासेनानीको सहभागिता छ । उच्च तहमा जाने अधिकृतको वृत्ति विकासका लागि आवश्यक मानिने सो तालिम नेपाली सेनामा सञ्चालन हुने सबैभन्दा माथिल्लो पनि हो ।

कोभिड–१९ को परिस्थितिलाई ध्यानमा राखी पूर्ण रुपमा स्वास्थ्यसम्बन्धी सबै सुरक्षात्मक उपाय अपनाउँंदै सामाजिक दूरी कायम गरी तालिम सञ्चालन गरिने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।