यस्तो छ हुन्डाइको दशैँ-तिहार योजना

यस्तो छ हुन्डाइको दशैँ-तिहार योजना


लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि., हुन्डाई अटोमोवाइल्स नेपालको आधिकारिक विक्रेताले ग्राहकमाझ ‘यसपालिको दशै तिहार : WELCOME TO HYUNDAI PARIWAR’ योजना ल्याएको छ ।

दशैं, तिहार र छठ उत्सव मनाउने लक्ष्यसहित ल्याइएको उक्त योजनाको अवधि यही असोज ५ देखि शुरु भएको र आगामी मंसिर ५, २०७७ सम्म लागु हुने जनाइएको छ ।

कम्पनीका अनुसार यस योजनाअन्तर्गत ग्राहकले आकर्षक नगद छुटका साथै स्क्र्याच कार्डमार्फत थप रु. १ लाख सम्मको नगद छुट पाउन सक्नेछन् । त्यसैगरी बम्पर उपहारअन्तर्गत लक्की–ड्र मार्फत हुन्डाई Aura एक थान र हुन्डाई Grand i10 NIOS एक थान जित्न सक्नेछन् ।

त्यसका साथै ग्राहकहरूले एक वर्ष निःशुल्क बीमा पनि पाउने कम्पनीको भनाइ छ । लक्ष्मी इन्टरकन्टिनेन्टलले यस कठिन समयमा स्वास्थ्यकर्मीहरूको समर्पण र अथक सेवालाई ध्यानमा राखी उहाँहरूलाई सम्मानस्वरुप ‘विशेष प्याकेज’ दिने निर्णय पनि गरेको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले नेपालभरी १३ शोेरुम तथा १७ सर्भिस सेन्टरमार्फत ग्राहकलाई सेवा प्रदान गरिरहेको छ । हुण्डाई मोटर कम्पनी विश्वकै ठूला पाँच अटोमोवाइल उत्पादकमध्येमा पर्दछ ।

सबै हुन्डाई गाडीहरू ३ वर्ष वारेन्टी, ४ वर्ष फ्रि सर्भिसिङ र १ वर्ष निःशुल्क सवारी कर भुक्तानीसहित स्वामित्व हस्तान्तरणका साथ उपलब्ध हुने गरेको कम्पनीले जानकारी दिएको छ ।