नेपालमा कोरोना संक्रमितको कुल संख्या ७३,३९४

नेपालमा कोरोना संक्रमितको कुल संख्या ७३,३९४


नेपालमा आइतबार (११ असोज) थप १,५७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७३,३९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ८०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौंका ६३३, भक्तपुरका ७२ तथा ललितपुरका १०४ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या आइतबारसम्म ४७७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १० जनाको मृत्यु भएपछि संख्या ४७७ पुगेको हो । मृत्यु हुनेमा ९ पुरुष र एक महिला छन् । बाराका २० वर्षीय पुरुष, ललितपुरका ४२ र ७७ वर्षीय पुरुष, काठमाडौंका ५० वर्षीया महिला तथा ६१ र ६२ वर्षीय पुरुष, रुपन्देहीका ७२ वर्षीय पुरुष, बर्दियाका ६३ र ५० वर्षीय पुरुष र अछामका ३४ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो ।

बताइएअनुसार आइतबार ८८५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् भने हालसम्म डिस्चार्ज हुनेको संख्या ५३,८९८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १० हजार १ सय २३ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर संक्रिय संक्रमितको संख्या १९ हजार १९ रहेको छ ।

पाँच सयभन्दा ज्यादा संक्रमित भएका जिल्लाहरुमा मोरङ, सिराहा, ललितपुर, चितवन, काठमाडौं, भक्तपुर र रुपन्देही रहेका छन् भने शुन्य संक्रमित रहेका जिल्लाहरुमा मनाङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला रहेका मन्त्रालयले जनाएको छ ।