भान्सेमा कोरोना पोजेटिभ देखिएपछि प्रधानसेनापति क्वारेन्टिनमा

भान्सेमा कोरोना पोजेटिभ देखिएपछि प्रधानसेनापति क्वारेन्टिनमा


प्रधानसेनापति पूर्णचन्द्र थापा सेल्फ क्वारेन्टिनमा बस्नुभएको छ । घरमा काम गर्दै आएका भान्सेलाई शनिबार कोरोना संक्रमण पुष्टि भएपछि प्रधानसेनापति थापा क्वारेन्टिनमा बस्नुभएको हो ।

सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार प्रधानसेनापति थापा आइतबार (११ असोज)देखि सेल्फ क्वारेन्टिनमा बस्नुभएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी गरिएको निर्देशिका र मापदण्ड बमोजिम वहांले स्वास्थ्य सुरक्षा सजगता अपनाउँदै आफुलाई सेल्फ क्वारेन्टिन गर्नुभएको जनाइएको छ ।