जनतान्त्रिक तराई मुक्ति मोर्चाद्वारा सनातन हिन्दुराष्ट्र पुनःस्थापनाको माग

जनतान्त्रिक तराई मुक्ति मोर्चाद्वारा सनातन हिन्दुराष्ट्र पुनःस्थापनाको माग


एचएस सिंह, जनकपुरधाम

जनतान्त्रिक तराई मुक्ति मोर्चाले प्रदेश २ को आठवटै जिल्लामा जनपरिचालन समिति गठन गरेको छ ।

मोर्चाका राष्ट्रिय अध्यक्ष तथा राष्ट्रिय जनतान्त्रिक गठबन्धन र राष्ट्र बचाउ अभियानका राष्ट्रिय संयोजक समेत रहेका डा. मनोज मुक्ति “विवेक” (डा. मनोज कुमार झा) ले शनिवार एक प्रेस विज्ञप्ति जारी गरी प्रदेश नं २ को सबै जिल्लामा जनपरिचालन समिति गठन गरिएको जानकारी दिएका हुन् ।

मोर्चाका केन्द्रिय सचिवालय सदस्य तथा जनतान्त्रिक महिला संघका राष्ट्रिय अध्यक्ष श्रीमती नगीना कुमारी झाको संयोजकत्वमा सप्तरीमा २६७ सदस्यीय जनपरिचालन समिति गठन गरिएको छ ।

सिरहामा बुलन यादव (केन्द्रिय सदस्य) को संयोजकत्वमा दिवस सिंह (केन्द्रिय सदस्य), शिव कुमार महतो सिंह (केन्द्रिय सदस्य), संजिव चौधरी, मुन्ना यादव, राम कुमार महतोसहित ७६७ सदस्यीय समिति गठन गरिएको छ ।

धनुषा जिल्लाको सम्पूर्ण जिम्मेवारी मोर्चाका अध्यक्ष झालाई दिइएको विज्ञप्तिमा उल्लेख छ । महोत्तरीमा दीपक कुमार सिंह (केन्द्रिय सदस्य) को संयोजकत्वमा १६७ सदस्यीय,सर्लाहीमा दानी सिंह (केन्द्रिय सदस्य) को संयोजकत्वमा मगनु झा, दिपु सिंह, सानु मण्डल, रामसोगारथ मण्डल, बलीराम ठाकुर, बलिराम महतो, कृष्ण साह, राजन साह, मोहम्मद अली मुद्दिन अंसारी, विरेन्द्र राय(यादव), मनोज झा, चुनचुन महतो, पवन झा, विरेन्द्र यादव लगायत ४६७ सदस्यीय समिति गठन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी रौतहटमा भूषण मिश्र (केन्द्रिय सदस्य) को संयोजकत्वमा २३५ सदस्यीय, बारामा अजय झा (केन्द्रिय सदस्य) को संयोजकत्वमा गणेश महतो, मनु महतो, धर्मेन्द्र चौधरी सहित ३५१ सदस्यीय समिति गठन गरिएको मोर्चाले जनाएको छ ।

यस्तै, पर्सामा दिलिप चौधरी (केन्द्रिय सदस्य) को संयोजकत्वमा लालबहादुर चौधरी, श्रीमती जिगनी देवी, श्रीमति धरिता देवी सहित ३५५ सदस्यीय समिति गठन गरिएको मोर्चाले जनाएको छ ।

मोर्चाको विज्ञप्तिमा भनिएको छ, ‘देशमा विद्यमान भ्रष्टाचार, लुटखसोट, अनियमितता, अराजकता, राज्यप्रायोजित एवं नियोजित आतंक, निरन्तर रुपमा बढदो वैदेशिक हस्तक्षेप र धर्म, संस्कृति, परम्परा, इतिहास, मौलिकता, राष्ट्रिय एकता, राष्ट्रिय पहिचान, राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता र सनातन वैदिक दर्शन एवं ॐकार परिवारमाथि भइृरहेकोे अनैतिक प्रहार, दमन, आक्रमण, अत्याचार, उत्पीडन तथा देश बेचुवा राष्ट्रघाती, जनघाती गतिविधि र एकलवादी द्वन्द्वात्मक सिद्धान्त, मान्यता, चिन्तन, शैली, आचरण, प्रकृति, प्रवृत्ति, प्रवाह र प्रभावमा आधारित भ्रष्ट नश्लीय परिवारवादको पृष्ठपोषक अवैध राज्य ब्यवस्था विरुद्ध हामी निरन्तर संघर्षरत रहँदै युद्धको तैयारीमा छौंँ । यस विषम परिस्थिति र इतिहासको जटिल दुर्घटनाग्रस्त मोडमा रहकोे नेपाली र मातृभूमि नेपालको सुरक्षित अवतरण गराउने अभिभारा र जिम्मेवारी हामी सम्पूर्ण देशभक्त आम नेपालीको काँधमा छ ।’

‘यस महान युगान्तकारी कर्तव्य र जिम्मेवारी दृढतापुर्वक निर्वाह गर्न हाम सबै एकजुट भई काँधमा काँध मिलाउदै मुक्ति पथमा निरन्तर अगाडि बढ्दै संवैधानिक राजसंस्था र धार्मिक स्वतन्त्रतासहितको वैदिक सनातन हिन्दुराष्ट्र पुनःस्थापना र मानवतावादमा आधारित पूर्ण समतामूलक देश र समाज निर्माण, पूर्ण समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता, स्वायत्तता र आत्मनिर्णयको अधिकारसहित वैैज्ञानिक संघीय संरचनासहितको जनतान्त्रिक शासन ब्यवस्था स्थापना गराउनु हाम्रो न्युनतम लक्ष्य हो ।’

उपरोक्त उद्देश्यपूर्र्ति र राष्ट्रिय नागरिक आन्दोलनको तैयारीका लागि मोर्चाद्वारा घोषित नारा गाउँगाउँ टोलटोलमा जनतान्त्रिक, आत्मसमीक्षासँगै भुलसुधारका लागि घरघरमा जनतान्त्रिक नारा सफल पार्न र जनसम्पर्कलाई निरन्तरता दिन देशभरीका स्थानीय तहमा मोर्चा, मोर्चाको बर्गीय, जातीय, पेशागत लगायतको संगठन विस्तार, पुनर्गठन, समायोजनको नियमित प्रक्रियाकै रुपमा प्रस्तावित प्रदेश नं २ को सबै जिल्लामा जिल्ला जनपरिचालन समिति गठन गरिएको विज्ञप्तिमा उल्लेख छ ।