सांघातिक आक्रमणमा ज्यान गुमाएकी जगरामी देवीप्रति कांग्रेस नेताद्वारा श्रद्धाञ्जली

सांघातिक आक्रमणमा ज्यान गुमाएकी जगरामी देवीप्रति कांग्रेस नेताद्वारा श्रद्धाञ्जली


नेपाली कांग्रेसका नेता एवम् पूर्व संविधानसभा सदस्य सुनिल यादव उर्फ जितेन्द्रले रौतहटमा शुक्रबार साँझ हत्या गरिएकी जगरामी देवीको पार्थिव शरीरमा फुलमाला चढाएर श्रद्धाञ्जली अर्पण गरेका छन् ।

धारिलो हतियार खुकुरी प्रहारबाट मृत्यु भएको जिल्लाको देवाही गोनाही नगरपालिका ५ टिकुलीयाका महेश तिवारीकी श्रीमती जगरामी देवीको दिवंगत शरीरमा कांग्रेसका प्रभावशाली नेता सुनिल यादवले फूल र माला चढाएका हुन् ।

नेता यादवले लालबकैया नदीमा भएको अन्त्यष्टि कार्यक्रममा सहभागी हुँदै मृतक जगरामी देवीको दिवंगत शरीरमा फूल माला चढाएर भावपूर्ण श्रद्वाञ्जली व्यक्त गरेका हुन् ।

सो क्रममा नेता यादवले आक्रमणमा परी घाइते भएका जयरामी देवीको श्रीमान् महेश तिवारीलाई स्वास्थ्य लाभको कामना गर्दै उनको शोक सन्तप्त परिवार जनमा गहिरो समवेदनासहित दिवंगत जयरामी देवीको मृत आत्माको शान्तिको कामना गरेका छन् ।

रौतहट निर्वाचन क्षेत्र नं ३ का पूर्वसांसद समेत रहेका कांग्रेस नेता सुनिल यादव ‘जितेन्द्र’ले जगरामी देवीलाई विभत्स तरिकाले हत्या गरिएको घटनाले आफुलाई निकै दुःखी बनाएको बताए ।

दुःखद घटनाको घोर भत्सर्ना गर्दै नेता यादवले तिवारी परिवारमाथि भएको संघातिक हमलाको घोर निन्दा गरेको छ । संविधानसभा सदस्य यादवले घटनाको निष्पक्ष छानवीन गरी दोषीलाई कडाभन्दा कडा कार्यवाही गर्न प्रशासनसँग माग गरेका छन् ।

अपराधी जोसुकै अथवा जुन पार्टीको भए पनि तुरुन्त पक्राउ गरी हदैसम्मको कार्यवाही गर्न सम्बन्धित निकायसँग उनको जोडदार माग छ ।

स्थानीय बली मुखिया, सोनालाल मुखिया र प्रदीप यादवको समुहले शुक्रबार राति तिवारी दम्पतीमाथि अन्धाधुन्ध खुकुरी प्रहार गरेको थियो । खुकुरी प्रहारबाट जगरानी देवीको मृत्यु भएको थियो भने श्रीमान् महेश तिवारी गम्भीर घाइते भएका छन् । उनको उपचार अहिले वीरगंजमा भइरहेको छ ।

घटनाका मुख्य योजनाकार मध्येका एक बली मुखिया र अच्छेलाल मुखिया पक्राउ परिसकेका छन् भने अझै केही फरार रहेका छन् ।