बेलायतकी ज्योतिले ल्याइन् यो कस्तो माया

बेलायतकी ज्योतिले ल्याइन् यो कस्तो माया


■ राजन घिमिरे

पछिल्लो समय प्रवासबाट नेपाली गीत–संगीतमा उपस्थिति जनाउने क्रम बढ्न थालेको छ । यसक्रममा लामो समयदेखि बेलायतमा बस्दै आएकी सर्जक ज्योति गुरुङले मन, माया र समर्पणको भावना बोकेको गीत तयार पारेकी छिन् । गीतको बोल रहेको छ– ‘यो कस्तो माया… ।’

माया, साथ र जीवन भोगाइका परिवेशहरू समेटिएको यो गीतको भिडियोलाई उत्कृष्ट बनाउन निर्देशक तथा सम्पादक कुशल श्रेष्ठले निकै मिहेनत गरेको देखिन्छ । भिडियोमा अभिनेता ध्रुव दत्तको तारिफ गर्नयोग्य अभिनय गीतको अर्कों बलियो पक्ष हो ।

साथमा निरू कोइराला, आस्था जोशी र स्वास्तु जोशीको अभिनयले ज्योतिले तयार पारेको गीतको शब्दमा ज्यान भरेको छ । अर्जुन सुनामको संगीत रहेको यो गीतमा मेलिना राईको स्वर रहेको छ । भिडियो निकै उत्कृष्ट बनेको कुरा यो भिडियो हेर्ने जो कोहीले पनि ठ्याम्याउन सक्छन् ।

गीतको ऐरेन्ज बीबी अनुरागीले तयार पारेका हुन् भने बिशेष सहयोगीमा रमेश बिजी रहेका छन् । भिडियोमा प्रस्तुत भएका कलाकारहरुको मेकअप दिपीका श्रेष्ठले गरेकी हुन् ।