८ कार्तिक २०७७, शनिबार

‘यो सरकारबाट सुशासनको अपेक्षा गर्नु वैशाख/जेष्ठको मध्याह्न गर्मीमा शीतलताको अपेक्षा गर्नु जत्तिकै’

  प्रकाशित मिति
११ आश्विन २०७७, आईतवार ०५:४१


बझाङको मष्टा गाउँपालिका–२ निवासी १२ वर्षीया नाबालिका सम्झना विकको बलात्कार गरी हत्या गरिएको घटनाको छानबिन गरी अपराधीमाथि कारवाही गर्न नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. डिला सङ्ग्रौलाले माग गर्नुभएको छ ।

शंकास्पद अवस्थामा बालिकाको हत्या भएको घटना निन्दनीय भन्दै सांसदसमेत रहनुभएकी कांग्रेसनेतृ डा. सङ्ग्रौलाले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा ‘प्रारम्भिक विवरणअनुसार सम्झनाको बलात्कार गरी हत्या गर्ने जघन्य अपराधमा संलग्न जो कोही भए पनि तत्काल पक्राउ गरी हदैसम्मको कारवाही गर्न सरकारसँग माग गर्दछु’ भन्नुभएको छ ।

गएका केही महिनायता देशभरि नै दलित समुदायविरुद्ध आक्रमण र हिंसाका घटनाहरु बढ्दै गएका छन् । रुकुम पश्चिममा नवराज विकलगायतका ६ जना युवाहरुको नृशंस हत्यापछि मधेशमा पनि दलित समुदायविरुद्ध हत्या र हिंसाका घटना भएका छन् । निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको देशव्यापी विरोध हुँदा पनि अहिलेसम्म सरकारले दोषी पत्ता लगाउन सकेको छैन । देशभरि यसरी दण्डहीनताको स्थिति बढ्दै जाँदा त्यसको पहिलो शिकार महिला र बालबालिका नै हुने अन्तर्राष्ट्रिय अनुभवहरुले देखाएका कुरा विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेतृ सङ्ग्रौलाले अगाडि भन्नुभएको छ, ‘नेपालको संविधान २०७२ ले नागरिकको जीउधनको सुरक्षा राज्यको प्रमुख दायित्व भनेको छ तर कोरोना महामारी नियन्त्रण होस् वा रोग र भोकसँग जुधिरहेका जनतालाई राहत दिने काम होस् वा शान्ति सुरक्षा कायम गर्न नेकपा सरकार असफल हुँदै गएको छ । यो सरकारबाट सुशासनको अपेक्षा गर्नु वैशाख/जेष्ठको मध्याह्न गर्मीमा शीतलताको अपेक्षा गर्नु जत्तिकै हो ।’



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

नवरात्रको आठौँ दिन दशैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ महागौरीको विधिपूर्वक पूजा-आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी

बडादशैँको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाराधना गरिन्छ आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाष्टमी पर्व आज नेपालीले

■ अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग प्रमादीनाम संवत्सर श्रीशाके १९४२ शरद ऋतु नेपाल सं. ११४०, वि.सं. २०७७

सुन्दर शर्मा ‘कोरोनाबाट सङ्क्रमित बिरामी आफैले आफ्नो उपचार खर्च ब्यहोर्नुपर्ने, अब सरकारले ब्यहोर्न नसक्ने !’– सरकारको पछिल्लो एउटा निर्णय ।