८ कार्तिक २०७७, शनिबार

कांग्रेसद्वारा हुम्ला सिमाना अध्ययन विवरण तत्काल सार्वजनिक गर्न माग

  प्रकाशित मिति
९ आश्विन २०७७, शुक्रबार १७:२८


प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हुम्लामा नेपाल–चीन सीमाबाट फर्किएको सरकारी टोलीको अध्ययन विवरण तत्काल सार्वजनिक गर्न सरकारसँग माग गरेको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार (९ असोज) विज्ञप्तिमार्फत हुम्लाको नाम्खामा सीमा अध्ययन गर्न स्थलगत भ्रमणमा गएको सरकारी टोली सदरमुकाम सिमीकोट फर्किएको २४ घण्टा पुगिसक्दा पनि अध्ययनको वास्तविक विवरण सार्वजनिक नगरिएकामा असन्तुष्टि व्यक्त गरेका छन् ।

कांग्रेसले नेपालको सार्वभौमिकता र सीमासम्बन्धी अत्यन्त संवेदनशील र गम्भीर विषयमा अविलम्ब वास्तविक विवरण सार्वजनिक गरेर नेपाली जनतालाई सुसूचित गर्न सरकारसँग माग गरेको छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को कर्णाली प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीसमेत रहेका दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव

सन्त नेता कृष्णप्रसाद भट्टराईका खास हिमायतीमध्येका एक नेता, पूर्व मन्त्री एवम् नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. नारायण खड्कामाथि आगामी महाधिवेशनमा

‘मल्ल युद्ध’ गरेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई परास्त गर्न नसकिने देखिएपछि ‘माओवादी’ नेता प्रचण्ड ‘छलयुद्ध’ गरी केपीलाई सिध्याउने रणनीतिक चालमा

को बन्दैछन् रक्षामन्त्री ? प्रधानमन्त्री केपी शर्मा ओलीले गत साता मन्त्रिमण्डलमा केही व्यक्ति र थप र केहीको जिम्मेवारी बदलेर सामान्य