नेपालमा एकै दिन थपिए १४९७ जना, कोरोना संक्रमिको कुल संख्या ६९,३०१

नेपालमा एकै दिन थपिए १४९७ जना, कोरोना संक्रमिको कुल संख्या ६९,३०१


नेपालमा पछिल्लो २४ घण्टामा १४९७ जना कोभिड संक्रमित थपिएका छन् । बिहीबार (८ असोज) थपिएकासहित नेपालमा कोरोना संक्रमिको कुल संख्या ६९,३०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनााएको छ ।

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा बिहिबार थप ७५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौंका ६०९, ललितपुरका ९५ तथा भक्तपुरका ५१ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा देशभर १ हजार ४ सय ९७ जना कोरोना संक्रमित थपिएका छन् भने बिहीबार ४ सय ५७ जना कोरोना संक्रमित डिस्चार्ज भएका जानकारी दिइएको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या ५० हजार ४ सय ११ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ११ हजार ४ सय ४९ जनाको पीसीआर परीक्षण गरिएको र हाल देशभर संक्रिय संक्रमितको संख्या १८,४३७ रहेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण थप १७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १२ पुरुष र ५ महिला रहेका छन् ।

मन्त्रालयका अनुसार मोरङकी ५५ वर्षीया महिला, झापाका ७८ वर्षीय पुरुष, सुनसरीकी ८१ वर्षीया महिला, धनुषाका ६८ र ७० वर्षीय पुरुष, रौतहटका ६५ वर्षीय पुरुष, भक्तपुरका ८४ वर्षीय पुरुष र ७३ वर्षीया महिला, काठमाडौंकी ८२ वर्षीया महिला तथा ७५, ८० र ७९ वर्षीय पुरुष, धादिङकी ३२ वर्षीया महिला, तनहुँका ३९ वर्षीय पुरुष, दाङका ३९ वर्षीय पुरुष, कपिलवस्तुका ५० वर्षीय पुरुष र नवलपरासीका ५५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५५३ पुगेको छ।