अष्ट्रेलियाको क्वीन्सल्याण्डमा एम्पाएर टि-२० कप आयोजना हुने

अष्ट्रेलियाको क्वीन्सल्याण्डमा एम्पाएर टि-२० कप आयोजना हुने


■ राजन घिमिरे

लामो समयदेखि शिक्षा क्षेत्रमा सक्रिय रहँदै आएको एम्पाएर इन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिसेसले अब खेलकूद क्षेत्रमा पनि आफ्नो उपस्थिति जनाउने भएको छ ।

प्रवासमा नेपालीहरूलाई खेलकूदमार्फत एकआपसमा भाइचारा बढाउन आफ्नो संस्थाले खेलकूद जस्तो बलियो विधा रोजेको एम्पाएर ऐजुकेशनका स्वतन्त्रप्रताप शाहले जानकारी दिए ।

‘यो एक प्रतियोगिता मात्र नभई प्रवासमा नेपाली खेलाडीहरूको क्षमता बढाउने सोच एवम् माध्यम पनि हो’– शाह भन्छन् ।

एम्पाएर टि–२० नाम दिइएको यो क्रिकेट प्रतियोगितामा अष्ट्रेलियाको क्वीन्सल्याण्डमा रहेका आठ वटा नेपाली क्रिकेट टिमले भाग लिनेछन् । यो प्रतियोगिता ६ महिना चल्ने बताइएको छ ।

टिमहरूको उत्साहपूर्ण सहभागिता हेर्दा प्रतियोगिता सफल हुनेतर्फ आयोजक र प्रायोजक ढुक्क देखिएका छन् ।

क्वीन्सल्याण्ड नेप्लिज क्रिकेट एसोसिएशनको आयोजनामा हुन लागेको एम्पाएर टि–२० कप प्रतियोगितामा विजयी हुनेले एक हजार डलर पारितोषिक पाउने छन् । प्रतियोगिता २७ सेप्टेम्बर २०२० देखि फ्रेबुअरी ७ सन २०२१ सम्म आयोजना हुने छ ।