हजार दरका नक्कली नोटसहित दुई व्यक्ति पक्राउ

हजार दरका नक्कली नोटसहित दुई व्यक्ति पक्राउ


बाराको सिम्रौनगढ नगरपालिका-९ बसवरिया नहरबाट एक हजार दरका नक्कली नोट १२१६ थानसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बारागढी गाउँपालिका-५ सिघासनी बस्ने २३ वर्षीय बलिराम चौधरी र भारत बिहार मोतिहारी बस्ने २७ वर्षीय संदिप कुमार रहेका छन् ।

उक्त स्थानमा चोरीका मोबाइलहरू खरीद बिक्री भएको भन्ने सूचनाको आधारमा खटिएको स्थानीय प्रहरीले बा.६४ प ९७०६ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई जाँच गर्ने क्रममा उक्त नक्कली नोटसहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।

बताइएअनुसार थप अनुसन्धान गर्ने क्रममा उक्त नक्कली नोटहरू मोबाइल बिक्री गरी प्राप्त भएको तथा मोबाइल खरिद गर्ने व्यक्तिहरूले उक्त नोटहरू दिई ३० थान मोबाइल लिई फरार भएको खुल्न आएको छ ।

प्रहरीले मोबाइल लिई फरार भएका व्यक्तिहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।