३७ किलो चरेशसहित दुई महिला पक्राउ

३७ किलो चरेशसहित दुई महिला पक्राउ


नारद कोहार, कपिलवस्तु

जिल्लाको कृष्णनगरमा लागुऔषध चरेशसहित दुई महिला पक्राउ परेका छन् । उनीहरु ३७ किलो लागुऔषध चरेश सुटकेस र शरीरमा लुकाएर नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा मकवानपुर मनोहरि गाउँपालिका वडा नं ९ बस्ने वर्ष ४० की शान्ति तामाङ र साविक जिल्ला रोल्पा उवा गाविस वडा नं। ५ घर भई हाल कपिलवस्तुको शिवराज नपा ९ बानियाभर बस्ने वर्ष ३५ की वसन्ती घर्ती रहेका छन् ।

उनीहरुलाई चेकजाँच गर्ने क्रममा लागुऔषध चरेश ३७ केजी बरामद गरिएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेलले बताए ।

उनीहरुमाथि थप अनुसन्धानका भइरहेको प्रहरीको भनाइ छ ।