१३ कार्तिक २०७७, बिहीबार

हिमानीको जन्मोत्सव भब्य रूपमा मनाइने

  प्रकाशित मिति
७ आश्विन २०७७, बुधबार ०४:३०


पूर्व युवराज्ञी हिमानी राज्यलक्ष्मी शाह ४५ वर्षमा प्रवेश गर्दै हुनुहुन्छ । यही असोज १५ गते उहाँको जन्मदिनको अवसरमा विभिन्न मठमन्दिरमा पूजाआजा गर्ने कार्यक्रम रहेको छ ।

जन्मोत्सवका लागि पूजाको मुख्य ब्यवस्थापक राधेश्याम थापा हुनुहुन्छ । इन्दिरा अर्याल, केशरी श्रेष्ठ र उर्मिला भण्डारीको सौजन्यमा विभिन्न मन्दिरमा बाहिरबाटै पूजाआजा र अनुष्ठानहरू गरिने भएको छ ।

कोभिड–१९ का कारण मन्दिरहरू बन्द भएकाले बाहिरबाटै पूजा–अर्चना गर्न लागिएको सम्बद्ध पक्षको भनाइ छ । खुलेका मन्दिरहरूमा भने भित्रै गएर पूजा गरिने बताइएको छ ।

राजा र राजसंस्थाका अनन्य भक्त राधेश्याम थापाका अनुसार कमलादी गणेशथान, वसन्तपुर कुमारी घर र पशुपतिनाथलगायतका मन्दिरमा पूजाआजापछि फूल–प्रसाद निर्मल निवास पुऱ्याउने कार्यक्रम रहेको छ । जन्मोत्सव पूजाको क्रममा पूर्व युवराज्ञी हिमानीको सुस्वास्थ र अटल शौभाग्यको कामना गरिने भएको छ ।

हिमानी ट्रष्टकी अध्यक्षसमेत रहनुभएकी पूर्व युवराज्ञी ट्रष्टमार्फत समाज सेवामा संलग्न हुनुहुन्छ ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

दक्षिण कोरियाली पूर्व राष्ट्रपति ली म्युङ-वाकलाई त्यहाँको सर्वोच्च अदालतले बिहीबार घुस तथा भ्रष्टाचार अभियोगमा १७ वर्ष जेल सजाय तोकेको छ

कालीगण्डकीको खोंचमा द क्लिफ प्रालिले कातिक १५ गतेदेखि बन्जीजम्प सञ्चालनमा ल्याउने भएको छ । पर्वत सदरमुकाम कुश्मा र बाग्लुङको बलेवा

जिल्ला प्रहरी कार्यालय चितवनले दशैँको समयमा तास र कौडा खेलिरहेका २० जनालाई पक्राउ गरेको छ । चाडपर्वलक्षित विशेष सुरक्षा अभियानअन्तर्गत

लुम्बिनी प्रदेशको स्थायी राजधानीको केन्द्र तोकिएको दाङको राप्ती गाउँपालिका चार दिन सिल गरिएको छ। गाउँपालिकाअन्तर्गत रोजगार सेवा केन्द्रमा कार्यरत एकजना