पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध

पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध


विकास रौनियार, धादिङ

लगातारको वर्षाका कारण पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध बनेको छ । धादिङको गजुरी गाउँपालिका वडा नं. १ अन्तर्गत गलौँदीमा पहिरो जाँदा पृथ्वी अवरुद्ध भएको हो।

राजमार्गमाथिबाट पहिरो खसकाले सडक अवरुद्ध भएको जानकारी दिँदै इलाका प्रहरी कार्यालय गजुरीका प्रवक्ता प्रहरी निरीक्षक भोजराज पाण्डेले अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको बताए ।

पहिरो हटाएर राजमार्ग सुचारु गराउन करिव डेढ घण्टा लाग्ने बताइएको छ ।

लेदो पहिरोले राजमार्ग अवरुद्ध भएकोले हटाउने प्रयास भइरहेको पाण्डेले जानकारी दिए ।

गएको पहिरोले सवारीसाधनहरू पृथ्वी राजमार्गको गजुरी बजारमा रोकिएका छन् ।