मिठाइ पसलेलाई विभुषण !

मिठाइ पसलेलाई विभुषण !


संविधान दिवसको अवसरमा मिठाइ पसल सञ्चालन गरी ग्राहकलाई मिष्ठान्न भोजन गराउने व्यक्ति पनि पदक पाउनेमा परेका छन् ।

प्राप्त जानकारीअनुसार चितवनको नारायणगढमा राम मिष्ठान्न भण्डार चलाएर मिठाइ सेवा उपलब्ध गराउँदै आएका रामप्रसाद सुवेदी जनसेवा पाँचौँबाट विभुषित हुनेमा परेका छन् ।

काङ्ग्रेस र माओवादीलगायत सबै राजनीतिक दलहरूसँग घनिष्ट सम्बन्धमा रहेका सुवेदीले गैंडाकोटमा श्रीराम पार्टी प्यालेस पनि सञ्चालन गरिरहेका छन् । चितवनमा मिठाइ पसल र पार्टी प्यालेस सञ्चालन गरेर बस्ने अनेकौँ व्यक्ति भए पनि सुवेदी मात्र राष्ट्रपतिबाट पदक पाउने भाग्यमानी बनेका छन् ।

यसरी पदक पाएपछि चितवनमा रामप्रसादको चर्चा निकै चुलिएको छ । उनको मिठाइ पसलमा पनि मानिसको भीड लाग्न थालेको छ । त्यहाँ पुग्नेहरूले ‘कस्तो प्रकारको मिठाइ उत्पादन गरियो भने पदक पाउन सकिँदोरहेछ भनी हेर्न आएको’ पनि बताउने गरेका छन् ।